पर्साकी रीतादेवी, जसलाई ग्लोबल आइएमई लघुवित्तले बनायो ‘सफल व्यवसायी’
काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–३० स्थित लालपर्सा गाँउमा दुई वटा सटरसहितको चार कोठाको पक्की घर ।
सोही घरमा बिक्री गर्न राखिएको कस्मेटिक समान र कपडाहरु, जसले रीता देवीको दम्पत्तिको मन एकोहोरो बनाएको थियो ।
सानै उमेरमा विवाह गरेर आएको र त्यसपछिका दिनहरू ताजै छन् उनको मस्तिष्कमा छ । उनलाइ ती कहाली लाग्दो दिनको सम्झानाले महिन बनाउँछ ।
२०४७ भाद्रमा पर्सा जिल्ला बहुदरमाई नगरपालिका नगरदाह गाँउमा बुवा बम्का शाह तेली र आमा कान्ती देवीको तेस्रो सन्तानका रुपमा जन्मिएकी रीता देवीले साधारण लेखपढ मात्र गरेकी छन् । १६ वर्षको सानै उमेरमा विवाह बन्धनमा बाँधिएकी उनका श्रीमान बाबुलाल शाह घरका जेठा छोरा थिए ।
घरमा आम्दानीको स्रोत सामान्य खेतीपाती मात्र थियो, त्यसैबेला पहिलो सन्तान छोरी, दोस्रो छोरा र तेस्रोे सन्तान छोरी भइसकेपछि घरबाट अलग बस्नुपर्ने बाध्यता आइलाग्यो । घर बनाउन त के सोच्न समेत नसकिने अवस्था भएपछि भंैैसी राख्ने गोठमा ३ सन्तान लिएर अलग बस्न थाले उनीहरु । उनी भन्छिन्,‘अब त झन आर्थिक अवस्थाले झनै समस्या पार्दैगयो, बच्चाहरूको पढाई खर्च तथा खानपानले सताउन लाग्यो के गर्ने के नगर्ने भन्ने विषयमा अन्यौल भयो ।’
कहीँकतैबाट थोरै २०-३० हजार पैसा पाए केही व्यवसायमा हात हालेर घर चलाउने सोच बोकेर गाँउमा पैसा खोज्न थाले तर कसैले विश्वास गरेनन, पैसा पाए पनि ४८ प्रतिशतमा पाइने सुनियो । यसबाट झन समस्या हुने देखेर निराश भएर बसिरहेको बेला २०७६ साल बैशाखमा गाँउतिर यस्तो हल्ला सुनियो कि एउटा ग्लोबल आइएमई लघुवित्त भन्ने संस्था आएको छ । जहाँ सामान्य बचत खाता खोलेर समूहमा आबद्धपछि विनाधितो कर्जा मिल्ने कुराले केही होला भन्ने आशा जगायो ।
यतिबेला ग्लोबल आइएमई लघुवित्तको डकैला पर्सा शाखाबाट एकजना कर्मचारी आउनुभयो र हामीलाई समूहमा बस्न र समूहको महत्वको बारेमा तथा विनाधितो कर्जा र अन्य सेवा सुविधाको बारेमा प्रष्ट पारे, एकैपटक गाउँमा साँहुलाई जस्तो एकमुष्ठ तिर्नु नपर्ने र ब्याज पनि साहु र अन्य ठाँउमा भन्दा सस्तो भएको कुरा केही दिनको तालिममा सुनेपछि समूह बनाई आबद्ध भएर पहिलो पटक ६० हजार कर्जा लिएर कस्मेटिक व्यवसाय सुरु गरेँ । व्यवसाय विस्तारै राम्रो हुँदैगयो । यसै क्रममा श्रीमान पनि। रीता देवी भन्छिन्, “मैले अभावमा बिताएका ती दुःखका दिनहरूबाट छुटकारा पाई आजको अवस्थासम्म आइपुग्न ग्लोबल आइएमई लघुवित्तको ठूलो भुमिका छ ।’
स्थानीय स्तरको एक फ्याक्ट्रीमा काम गर्न सुरु गर्नुभयो, पहिलो कर्जा चुक्ता गरेपछि फेरी ५० हजार कर्जा रकमले पसलमा समान थप गरेर हिम्मत बढाउँदै जाँदा पसलमा आवश्यक केही सामानहरू श्रीमानले कामबाट फर्किँदा समेत ल्याउने थाले । व्यवसायबाट फाइदा हुँदै गएपछि पसलमा कपडा पनि थप गर्न मन लाग्यो र संस्थाबाट तेस्रो पटक ३ लाख रुपैयाँ कर्जा लिएर व्यवसाय लिए । अहिले व्यवसाय हाल राम्रो चलिरहेको छ समान बेचेर आएको फाईदा समेत त्येसैमा लगानी बढाएकोे उनी सुनाउँछिन् । उनी भन्छिन् “तँ आँट म पु¥याउछु ।’
सोही बमोजिम मैले आँट गरे सफल पनि भएँ । यसै क्रममा एउटा ४ कोठे पक्की घर बनाउने सपना पनि पूरा गरेको र उक्त घरमै व्यवसाय बृद्धि गर्नका लागि चौथो पटक बिनाधितो ५ लाख रुपैयाँ ऋण लिएर व्यवसाय गर्दै आउँदा घरमै रोजगारी र हाल ३ सन्तान (२ छोरी र १ छोरा) नजिकैको निजी विद्यालयमा पढिरहेका छन् । साथै परिवार पाल्न कुनै समस्या नभई मासिक रुपमा ५० हजारदेखि ८० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनको भनाई छ ।
ग्लोबल आइएमई लघुवित्तको साथले विपन्नबाट सम्बृद्धितर्फ डोराएको उनको भनाई छ । लघुवित्तको विनाधितो कार्यक्रम एकदमै लाभदायी बनेको उनको तर्क छ ।