ग्लोबल आइएमई लघुवित्तको नाफामा उछाल

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले खुद नाफा १४७.४२ प्रतिशतले बढाएको हो । गत वर्षको यसैअवधिमा कम्पनीले ४ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो । खुद ब्याज आम्दानी २२.४७ प्रतिशतले बढेर ३५ करोड रुपैयाँ पुगेको छ । गतवर्षको यसै अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २८ करोड ६३ लाख रुपैयाँ रहेको छ ।
यता, सञ्चालन नाफा पनि १४७.३३ प्रतिशतले बढेर १६ करोड ९० लाख रुपैयाँ पुगेको छ । लघुवित्तको इम्पेरिमेन्ट चार्ज १० करोड ५९ लाख रुपैयाँबाट घटेर दुई करोड ७६ लाख रुपैयाँ खुम्चिएको छ । लघुवित्तको वित्तरण योग्य मुनाफा ८ करोड ७४ लाख रुपैयाँ छ ।
चुक्ता पूँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ६२ करोड १२ लाख रुपैयाँ सञ्चित रहेको छ । समिक्षा अवधिसम्ममा तीन अर्ब ३० करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्थासँग ऋण लिएर ९ अर्ब ४३ करोड ४० लाख रुपैयाँ कर्जा प्रर्वाह गरेको छ ।
सार्वजनिक भएको वित्तीय विवरण लघुवित्तको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ २४ पैसा छ भने प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ ३८ पैसा कायम छ । खराब कर्जा अनुपात ४.१० प्रतिशत रहेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ३०.७३ गुणा छ ।