मुद्दति निक्षेपमा झण्डै २ अर्ब लगानी गर्दै राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाले ब्याजदर प्रस्ताव गर्न सक्ने « Arthapath.com
१३ चैत्र २०७९, सोमबार

मुद्दति निक्षेपमा झण्डै २ अर्ब लगानी गर्दै राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाले ब्याजदर प्रस्ताव गर्न सक्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले करिब २ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले विभिन्न कोषहरुमा रहेको १ अर्ब ९३ करोड ५८ लाख रुपैयाँ लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकहरुमा १ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकहरुमा २९ करोड ४ लाख र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा ९ करोड ६८ लाख रुपैयाँ लगानी गर्ने भएको हो ।

उक्त लगानी रकम आउँदो वैशाख ३ गतेदेखि २०८१ बैशाख २ गते ३६६ दिनको मुद्दति निक्षेपको रुपमा रहने बैंकले छ ।

सो रकम मुद्दति निक्षेपका रुपमा राख्न चाहाने बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर प्रस्ताव गर्न सक्नेछन् । ब्याजदर प्रस्ताव चैत १६ गतेदेखि राती १२ बजेभित्र पेश गर्नुपर्नेछ । ब्याजदर बैंकको इमेलमार्फत प्रस्ताव पेश गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्