रेमिट्यान्स बढेको बढ्यौ, पाँच महिनामै भित्रियो साढे ६ खर्ब « Arthapath.com
२६ पुष २०८१, शुक्रबार

रेमिट्यान्स बढेको बढ्यौ, पाँच महिनामै भित्रियो साढे ६ खर्ब



काठमाडौं । नेपाल भित्रने विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढ्दो नै छ । पाँच महिनामै साढे ६ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को मंसिर मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

छ महिनामै ६ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल आएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४.४ प्रतिशत बढी हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको थियो ।

नेपालमा मासिक ओसत १ खर्ब २८ अर्ब बढी रेमिट्यान्स आउने गरेको छ । मंसिर महिनामा मात्रै १ खर्ब १८ करोड ८० लाख रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । कात्तिक मसान्तसम्ममा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो ।

कात्तिकमा मात्रै १ खर्ब १४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

गत असोज मसान्तसम्ममा पनि ४ खर्ब ७ अर्ब ३१ करोड, भदौमसान्तसम्ममा पनि २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ र साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । राष्ट्र बैंकका अनुसार गत भदौमा मात्रै १ खर्ब २६ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।


प्रतिक्रिया दिनुहोस्