बैंकिङ प्रणालीबाट २५ अर्ब तान्दै राष्ट्र बैंक « Arthapath.com
६ चैत्र २०८१, बुधबार

बैंकिङ प्रणालीबाट २५ अर्ब तान्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न बैकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँको तान्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलनमार्फत् २५ अर्ब रुपैयाँ तान्ने भएको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रीय बैंकले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।

साँवा र ब्याज भुक्तानी मिति चैत्र २७ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्