हिमालयन बैंक लिमिटेड र सिप्रडी टेडिङ्ग बीच सम्झौता « Arthapath.com
२९ पुष २०७७, बुधबार

हिमालयन बैंक लिमिटेड र सिप्रडी टेडिङ्ग बीच सम्झौता



काठमाडौं । हिमालयन बैंक लिमिटेड र सिप्रडी टेडिङ्ग प्रा.लि. बीच २०७७ साल पौष २८ गतेबाट लागु हुने गरी सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार सिप्रडी टेडिङ्गका ग्राहकहरुले सो कम्पनीबाट सवारी साधन खरिद गर्दा हिमालयन बैंकबाट सहजताका साथ सहुलियत दरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्दछन्।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट मुख्य व्यवस्थापक जयन्द्र विक्रम शाह र सिप्रडी टेडिङ्गका तर्फबाट महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरेका छन । हाल बैंकको देशभर रहेको ७० शाखाबाट नै सो कर्जा सुबिधा उपलब्ध छ ।


प्रतिक्रिया दिनुहोस्