कर्जाको गुणस्तर खस्केको पाइएपछि राष्ट्र बैंकलले थाल्यो बैंकहरूको ‘अनसाइट सुपरभिजन’ « Arthapath.com
१५ श्रावण २०७८, शुक्रबार

कर्जाको गुणस्तर खस्केको पाइएपछि राष्ट्र बैंकलले थाल्यो बैंकहरूको ‘अनसाइट सुपरभिजन’



काठमाडौं । महामारीको बीचमा बैंकहरुले कर्जा अत्यधिक बढाएपछि ‘अफसाइड’ सुपरिवेक्षण गरिरहेको राष्ट्र बैंकले साउन पहिलो साताबाट ‘अनसाइड’ सुपरिवेक्षण थालेको छ । राष्ट्र बैंकले सम्बन्धित बैंक तथा वित्तीय संस्थामै पुगेर सुपरिवेक्षण गर्न थालेको हो । यसअघि बैंकहरुले प्रस्तुत गरेका कागजातको आधारमा अध्ययन गर्दा कर्जाको गुणस्तर खस्कोको पाइएको राष्ट्र बैंकका अधिकारीले बताएका छन् ।

यही कारण मौद्रिक नीतिमा केही कडाइका व्यवस्था प्रस्ताव गरिएको राष्ट्र बैंकका सुपरिवेक्षण विभागका अधिकारीले बताए । यससँगै अब बैंकमै पुगेर विवरणहरु केलाउने काम सुरु भएको ती अधिकारीले जानकारी दिए । कोरोना महामारीको तेस्रो लहर सुरु नभए दशैंअघि नै यस्तो सुपरिवेक्षण टुंग्याउने प्रयास भइरहेको ती अधिकारीले बताएका छन् ।

बैंकमै पुगेर सुपरिवेक्षण तथा अनुसन्धान गरेपछि बैंकहरुको अवस्था कस्तो छ भन्ने वास्तविक चित्र आउने छ । बैंकहरुले कोरोना महामारीको लाभ उठाएर आफ्ना ग्राहकलाई कर्जाको दुरुपयोग गर्न छुट दिएको हुनसक्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । त्यस्तो अवस्था साँच्चै भएको पाइएमा बैंकलाई कारबाही गर्ने र नीतिगत परिमार्जन गर्ने प्रस्ताव गरिने ती अधिकारीले बताए ।


प्रतिक्रिया दिनुहोस्