अझै बीमा क्षेत्रमा काम गर्ने सोच छ, कम्पनीले अवकाश दिए पनि घर बस्दिन « Arthapath.com
७ भाद्र २०७७, आईतवार

अझै बीमा क्षेत्रमा काम गर्ने सोच छ, कम्पनीले अवकाश दिए पनि घर बस्दिन



एसके तमोट, महाप्रबन्धक, जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.

तपाईं संगसंगै खुलेको कम्पनीहरुले धमाधम आईपीओ ल्याउन थाले, जीआईसीले कहिले ल्याउँछ ?

आईपीओमा हामीले दर्ता गरेका छौँ । हप्ता दुई हप्ताभित्र धितोपत्र बोर्डबाट स्वीकृति आउँछ । स्वीकृति पाएको महिना दिनमा सर्वसाधारणले सेयर पाउँछन् । एक महिनाभित्र सेयर जारी गर्नेर्छाैँ ।

किन ढिला भएको आईपीओ आउनलाई ?
ढिलो भएको छैन् । प्रोसेस गर्दा समय लागेको मात्रै हो । अनि त्यसपछि लकडाउनले गर्दा डेढ महिना पर स¥यो ।


तपाईंहरुसँगै तीवटा जनरल कम्पनी आए, तर अजोड अरुभन्दा एग्रेसिभ छ । उसले आईपीओ पनि पहिल्यै ल्यायो हैन ?
जान त हामी पनि एग्रेसिप्ली जाने हो । अब एग्रेसिभ्ली जाने भनेर जस्तो पायो त्यस्तो ब्यापार गर्नुभएन । बीमा गर्ने केलाई ? दावी तिर्नुपर्छ नि । रिस्क हेरेर हामी व्यापार बढाइरहेका छौं ।

अरुले बढी नै जोखिम लिएका छन् हो ?
त्यो होइन । सबैले आफ्नो स्टाट्रेजी प्लान हुन्छ । हाम्रो पनि आफ्नै प्लान छ । हामी एकदम रफ्तारले हिँडेका छैनौँ । बजारमा अवस्थालाई हेरेर अगाडि बढेका छौं ।

जीआईसीमा अहिलेसम्म सीईओ पद खाली नै छ, सीईओ नियक्ती भएन नि ?
सीईओ त बोर्डले निवेदन नियुक्ति गर्ने हो । सञ्चालक समितिलाई आफ्नो कम्पनीमा कस्तो सीईओ चाहिन्छ भनेर खोज्दै हुनुहुन्छ होला । राम्रो क्यान्डिडेट हेरेर नियुक्त गर्छन् भन्ने लाग्छ ।

तपाईं सीईओ नियुक्तिमा बाधक बन्नुभयो भनेर मिडियामा आइरहेको छ नि ?
म कसरी बाधक बने र ? मैले सीईओ नियुक्त गरेर हुने हो र ? मैले त बोर्डले जे ग¥यो त्यही मान्ने हो । यदि म त्यसमा बाधक भए भने त म यहि बसिरहनुपर्छ भन्ने छैन । कम्पनीको रफ्तार त म भएर रोक्ने होइन नि त । बोर्डले गर्ने आफ्नो काम गरिरहेको छ ।

ठ्याक्कै भन्न सक्नुहुन्छ त कहिले सीईओ नियुक्त हुन्छ ?
उहाँहरुले के गरिरहनुभएको मलाई थाहा छैन । मलाई त्यो विषयमा केहि पनि थाहा छैन । कोभिडले गर्दा डिस्टव भएको होला । सायद अबको दुई महिनाभित्र सीईओ नियुक्त हुन्छ होला ।

केही बैंकहरु प्रमोटर रहेको जनरल इन्स्योरेन्स विजनेशको हिसाबले चाहि“ त्यति सफल भएन किन ?
कुनै बैंक वित्तीय संस्था प्रमोटर भए पनि हामीले विजनेश आफैँले गर्न मिल्दैन । प्रमोटर बलियो हुँदैमा विजनेश बढ्ने होइन । वित्तीय बृद्धि हामी आफँैले गर्ने हो । प्रमोटर र बैंकहरु भयो भन्दैमा विजनेश सररर् दिने भएन कसैले पनि ।

कोरोना बीमाले जनरल इन्स्योरेन्स कम्पनी डुब्दैछ भन्छन् हो र ?
डुब्यो भने त सबै कम्पनीहरु डुब्छन् नि । जनरलमात्रै डुब्दैन । फेरि सरकारले बीमा समिति सबैले रिक्स बेयर गर्ने कुरा भएको छ । हामी कम्पनीहरुले मात्रै रिक्स लिनुपर्ने होइन ।

जनरल इन्स्योरेन्सले पनि कोरोना बीमा गरेको छ नि ?
छ । सबै कम्पनी मिलेर गरेको हो । त्यो त सेयरीङ हुन्छ । कोरोना बीमा बीमा समितीको सेयरीङ छ त्यसमा ।

कोरोनाको संक्रमित बढ्दैछन्, सबै दावी प¥यो भने कम्पनी डुब्दैन र ?
सबै नेपालीलाई कोरोना लागेको पनि छैन । सबैलाई टोटल कोरोना लागेर सबै दावी आयो भनेचाहिँ मात्रै कम्पनी डुब्छ । जोखिम त बढेको नै छ । तर, यस्तो कम्पनी नै डुब्छ होला भन्ने मलाई लाग्दैन ।

अहिले जनरल इन्स्योरेन्स कम्पनीहरुले कोरोना बीमा गर्न आउनेहरुलाई बीमा गर्न दिँदैन भन्ने सुनिन्छ नि ?
किन नगर्नु र । जो आएका छन्, उनीहरु सबैको गरेका छाँै । हामीले पनि गरिरहेका छौं ।
कोरोना बीमामा नक्कलि सटिफिर्केट बनाएर दावी लिने पनि देखिए भन्ने सुनिन्छ नि हो ?
त्यस्तो त भएको छैन अहिलेसम्म । त्यस्तो भएको भए हामी सार्वजनिक गरिहाल्थ्यौ नि । त्यो त पेमेन्ट गर्दा छानविन गर्छाैँ । हामीकहाँ कोरोना बीमाको तीनवटामात्रै दावी आएका छन ।


बीमा समितिले नीति तथा कार्यक्रम ल्याएको छैन, यसमा के आओस् भन्ने चाहनुहुन्छ ?
बीमा समितिले किन ल्याउनु प¥यो र सबै कम्पनीले आ–आफ्नो बजेट ल्याएका छन् । सबै कम्पनीले आफ्नो टार्गेटसहित ल्याएका हुन्छन् ।

जीआईसीको टार्गेट कति छ ?
जीआईसीको पनि बजेट बनिसकेको छ । हामी ८० देखि ८५ करोडको विजनेश गर्ने लक्ष्य लिएका छौं । देशमा कोरोनाले ईफेक्ट गरेन भने ।\

बैंकको ब्याजदर घट्दाक्रममा छ, बीमा कम्पनीहरुको नाफा कति घट्छ ?
बैंकको ब्याजदर घटेमा नाफामा पनि दुई/चार करोड घट्छ होला ।

यसले कति प्रतिशत जति घट्छ बीमा को ?
बीमा कम्पनीहरुमा बैंकको व्याजदर घट्दा करिव ५ देखि १० प्रतिशत नाफा घट्छ होला ।

नन–लाइफ इन्स्योरेन्स कम्पनीहरु मर्जमा नगई सुखै छैन भनिन्छ नि ? मर्जमा जानुपर्ने अवस्था आएको हो ?
त्यस्तो आएको त होइन । मेरो व्यक्तिगत विचारमाचाहिँ मर्ज गर्दा नै राम्रो हुन्छ । अब सीईओ पाउन मुस्किल छ । अन्य दक्ष कर्मचारीहरु पनि पाउन मुस्किल छ । मर्ज भएपछि त्यसको अभाव कम हुन्थ्यो कि भन्ने हो ।

नेपालजस्तो सानो देशमा बीमा कम्पनी बढी भएन र ?
कम्पनी त बढी कसरी भन्नु र ? हामी आजभन्दा २० वर्ष अगाडि ४ वटामात्र कम्पनी थिया ै ं। त्यसपछि पाँ च–सातवटा बढे ,अनि बजार पनि बढ्यो । त्यसपछि तीन–चार कम्पनी आए यो बन्द गर्नुप¥यो फेरि बजार बढेकै छ । २५÷३० प्रतिशतले बीमा बजार ग्रोथ भएको छ । हुँदा–हुँदा अहिले पनि ग्रोथ भएको नै छ । यो लकडाउनले गर्दा मात्रै हो नत्र बजार बढेको नै छ । त्यसैले अहिलेको हिसाबले ठिकै हो । अबचाहिँ परिमार्जन गर्नुपर्छ ।

बीमा समितिले नन–लाइफ इन्स्योरेन्स कम्पनीहरु २० वटा चल्दैन, अब मर्जमा नगई सुख नै छैन भनिन्छ ?
त्यो बीमा समितको कुरा हो । उहाँहरुले त्यो सोच्नुभएको छ भने त्यो ठिकै कुरा हो ।

दुई वर्ष अगाडि लाइसेन्स बाँडेर फेरि मर्ज गर्ने ?
मर्जरको आज कुरा ग¥यो, त्यो दशौँ वर्ष लाग्छ नि त । त्यतिञ्जेलसम्म त मार्केटको अवस्था के हुन्छ त्यो आएपछि थाहा हुन्छ ।

हाम्रो बजारलाई हेर्ने हो भने बीमा कम्पनीको संख्या धेरै हो ?
बजारलाई हेर्ने हो, अलि बढी नै हो । अब २२/२५ प्रतिशतले बीमा बजार बढेकै थियो नि । अब एक अर्ब पुँजी भएन भने कम्पनीको प्रोफिट हुँदैन भन्ने हो । कोरोना नआएको भए बजार बढ्थ्यो नि । २५/३० प्रतिशतको बीमा बजार रफ्तारले बढ्थ्यो ।

लकडाउन खुलेपछि विजनेश केही बढ्यो ?
अलिकति बढेको छ । करिब १५ प्रतिशत जति बढेको थियो ।

अघिल्लो वर्षभन्दा गतवर्ष कति ग्रोथ छ ?
अघिल्लो बर्ष ५ करोडको रहेको थियो । अव गतवर्ष ६ करोड भएको छ ।

गतवर्ष लिएको टार्गेट पूरा भयो ?
गतवर्ष कम भएको छ । गतवर्ष चैत, वैशाख, जेठ र असार गरी ४ महिना कामै भएन । ७० करोडको टार्गेट थियो १५ करोड कम भएको छ ।

यो आर्थिक वर्षमा कतिको टार्गेट लिनुभएको छ ?
८० करोडको टार्गेट लिएको छु । लकडाउन भएन भने त्यो पूरा गर्न सकिन्छ । नत्र मुस्किल छ ।

जीआईसीको आईपीओमा किन सर्वसाधारणले लगानी गर्ने ?
सबै कम्पनीको ग्रोथ राम्रो भएकाले सबैले बीमा कम्पनीमा ग¥यो भने मेरो पैसा डुब्दैन भन्ने हुन्छ । त्यसले गर्दा सेयर किन्न राम्रो हुन्छ । हामी पनि सशक्त भएर लागिरहेका छौँ । आईपीओले नोक्सानचाहिँ हुँदैन राम्रो हुन्छ ।

बीमा बजारमा कम्पिटीसन बढी छ नि त ?
कम्पिटीसन त ब्यापारमा जहाँ पनि हुन्छ । यत्रो कम्पनी छ होला कि नहोला भनेर बसेर त केही हुँदै हुँदैन । प्रमोटरले हामीलाई लिएर आए । हामी किन आयौँ भने गर्न सक्छौँ भनेर आएका हौँ । गर्न नसक्ने भए त घरमा नै बसे भैगो नि । त्यसै म हामी गर्न सक्छौँ भन्छु म । चौथो सालदेखि प्रोफिट गर्न सक्छौँ । जीआईसीमा आईपीओमा पैसा राखेमा कसैको पनि डुब्दैन । प्रोफिट नै हुन्छ ।

इन्स्योरेन्समा लामो समयदेखि सेवा दिइराख्नु भएको छ, अब अवकाश कहिले लिनुहुन्छ ?
कम्पनीले अवकाश दिए पनि म चूप लागेर बस्ने होइन । पाए भने अरुमा पनि काम गर्न सक्छु । मेरो मनले अवकाश लिन मानिरहेको छैन । बीमा क्षेत्रमा काम गर्न शरीरले साथ दिएसम्म काम गरिरहन्छु ।
सेयर बजारबाट


प्रतिक्रिया दिनुहोस्