माउन्टेन इनर्जीको आईपीओ भदौ ३१ बाट खुल्ने « Arthapath.com
२९ भाद्र २०७७, सोमबार

माउन्टेन इनर्जीको आईपीओ भदौ ३१ बाट खुल्ने



काठमाडौं । माउन्टेन इनर्जीको स्थगित भएको आईपीयो भदौ ३१ गतेबाट खुल्ने भएको छ ।कम्पनीले गत साउन ८ गते नै स्थानीय आयोजना प्रभावितको लागी आईपयिो निष्कासन गर्न लागेको थियो ।

८ गते नै निष्कासन गर्ने भनेको आईपियो देशका अधिकांश स्थानमा भएको वर्षा र बाढी(पहिरोका कारण स्थानीय आयोजना प्रभावित क्षेत्रमा सेवा प्रदान गर्न नसकिने भन्दै कम्पनीले आईपीओ निष्कासन स्थगित गरेको बताएको छ ।

माउन्टेन इनर्जी कम्पनीले आयोजना प्रभावित नुवाकोट र म्यादीका स्थानीय बासिन्दाका लागि १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।


कम्पनीले जारी पुँजीको २० प्रतिशत आईपीओ जारी गर्न लागेको छ ।
नेपाल धितोपत्र बोर्डले स्थानीय तथा सर्वसाधारणका लागि ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँबराबरको ३९ लाख ३६ हजार ५४ कित्ता साधारण सेयर जारी गर्न अनुमति दिएको छ ।


प्रतिक्रिया दिनुहोस्