सिन्धुपाल्चोक पहिरो अपडेट: १३ जनाले ज्यान गुमाए ,१८ जना बेपता « Arthapath.com
२९ भाद्र २०७७, सोमबार

सिन्धुपाल्चोक पहिरो अपडेट: १३ जनाले ज्यान गुमाए ,१८ जना बेपता



सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा आज दुई जनाको शव फेला परेको छ । उनीहरु श्रीमान श्रीमती हुन ।

आज बिहान कुमार विक र सोनिया विकको शव फेला परेको प्रहरीले जनाएको छ ।
श्रीमान श्रीमतीको शव भेटिय पनि उनीहरुको ९ महिनाको बच्चा भने अझै बेपत्ता रहेको स्रोतलेृजनाएको छ ।

आज फेला परेका २ जना संगै पहिरोमा परी १३ जनाको ज्यान गएको छ । आइतबार ११ जनाका शव फेला परेको थियो ।

पहिरोमा परी १८ जना हराइरहेको सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए ।


प्रतिक्रिया दिनुहोस्