सोमबार उपत्यकामा ५ सय ११ जना कोरोना संक्रमित थपिए « Arthapath.com
२९ भाद्र २०७७, सोमबार

सोमबार उपत्यकामा ५ सय ११ जना कोरोना संक्रमित थपिए



काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य मन्त्रालयलयको अनुसार काठमाडौंमा ४ सय ४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ गरी जम्मा ५११ संक्रमित थपिएका हुन् ।

२४ घण्टामा उपत्यकासहित देशभर भने ११ सय ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।


प्रतिक्रिया दिनुहोस्