कोरोनाका कारण एक महिलाको मृत्यु « Arthapath.com
३० भाद्र २०७७, मंगलवार

कोरोनाका कारण एक महिलाको मृत्यु



काठमाडौं । नोभल कोरोना भाइरस कोभिड १९ बाट थप एक जनाको मुत्यु भएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालको आइसियुमा उपचाररत एक महिलाको मृत्यु भएको हो ।
उनी बाराको डुमरवाना १४ निवासी ५५ वर्षीय महिला हुन ।

उच्च ज्वरो, कडा निमुनिया र स्वासप्रस्वास रोगबाट ग्रसित ती महिलालाई यही भदौ २९ गते सोमबार अस्पताल भर्ना गरिएको थियो ।

सोही दिन ती महिलाको पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको बताइएको छ ।
कडा निमोनिया र स्वासप्रस्वास समस्या कारण उनको ज्यान गएको हो ।


प्रतिक्रिया दिनुहोस्