कर्मचारी सञ्चय कोषको वित्तीय विवरण सार्वजनिक,२१ अर्ब १४ करोड लगानी धितोपत्रमा « Arthapath.com
३० भाद्र २०७७, मंगलवार

कर्मचारी सञ्चय कोषको वित्तीय विवरण सार्वजनिक,२१ अर्ब १४ करोड लगानी धितोपत्रमा



काठमाडौँ । कर्मचारी सञ्चय कोषको असार मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक भएको छ । कोषले सार्वजनीक गरेको विवरण अनुसार असार मसान्तसम्ममा कोषको १ खर्ब ७ अर्ब रूपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थाहरूमा मौज्दात रहेको उल्लेख गरीएको छ ।


त्यस्तै गएको वर्षको यो अवधिसम्ममा कोषको ७८ अर्ब ७८ करोड ७५ लाख रूपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा मौज्दात रहेको विवरण सार्वजनिक भएको थियो । त्यस्तै असार मसान्तसम्ममा कोषले २१ अर्ब १४ करोड ४१ लाख रूपैयाँ धितोपत्रहरूमा लगानी गरेको छ ।
गएको वर्ष यो अवधिसम्ममा कोषले धितोपत्रहरूमा २२ अर्ब ९७ करोड १० लाख रूपैयाँ लगानी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्