नेप्सेमा समस्या आएपनि २ अर्ब ७२ करोडको कारोबार « Arthapath.com
४ आश्विन २०७७, आईतवार

नेप्सेमा समस्या आएपनि २ अर्ब ७२ करोडको कारोबार



काठमाडौं । अनलाईनमा समस्या आएपनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेको छ । साताको पहिलो दिन २ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको छ । नेप्से सूचक तीन अंकले सुधार भएर १५७५.१८ अंकमा बन्द भएको छ । १८८ वटा कम्पनीको कारोबार हुँदा ७० वटाको शेयर मूल्यमा सुधार देखिए पनि ९० वटाको घटेको छ ।

आधारम मूल्यभन्दा ३० रुपैयाँ कम खानीखोला हाइड्रोपावरको शेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ । बाणिज्य बैंक विकास बैंक र फाइनान्सको सूचकमा सुधार देखिएको छ भने बाँकी सुचक ओरालो झरेका हुन्।

नेप्सेको टिएमएसमा समस्या देखिँदा लगानीकर्ताले सजिल्लै अर्डर गर्न पाएका थिएनन् । केही समयमै सहज हुने र केही समयपछि समस्या देखिएको थियो । यसरी पटक पटक समस्या देखिँदा कारोबार नै प्रभावित भएको हो।


प्रतिक्रिया दिनुहोस्