मुखियालाई सानिमा लाइफ सीईओ बन्ने बाटो खुल्यो, बीमा समितिले दियो सहमति « Arthapath.com
९ आश्विन २०७७, शुक्रबार

मुखियालाई सानिमा लाइफ सीईओ बन्ने बाटो खुल्यो, बीमा समितिले दियो सहमति



काठमाडौं । शंकास्पद शैक्षिक प्रमाणपत्रको छानबिनमा परेका अगम मुखिलाई बीमा समितिले सानिमा लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत बन्न बाटो खोलिदिएको छ ।

रिलायवल लाइफ इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा दिएका उनी सानिमाको नेतृत्व सम्हाल्न जाँदै छन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले हिजो बिहीबारनै मुखियालाई सीईओ बन्ने बाटो खोलिदिएको छ । बीमा समित स्रोतले भन्यो आइतबार मुखियाले प्रमाणपत्रको इकुसभ्यालेन्ट पेश गरेका थिए । समितिले आवश्यक छानविन गरी मुखियालाई सीईओ नियुक्तीको बाटो खोलिदिएको हो ।

नेपाल लाइफ इन्स्योरेन्समा लामो समय आइटीमा काम गरेका मुखिया रिलायवल नेपाल लाइफ खुल्ने वित्तिकै डेपुटी सीईओमा गएका थिए । मुखियालाई सानिमा लाइफ इन्स्योरेन्सको सीईओ बनाउन २ साताअघि संचालक समितिले निर्णयगरी पठाएको थियो ।

विद्यालय र स्नातक तहसम्म भारतमा पढेको शैक्षिक प्रमाणपत्र पेश गरेपछि बीमा समितिले उक्त प्रमाणपत्रको बैधानिकता जाँच गरेको जनाएको छ । ‘हामीले विहीवार उनलाई सानिमाको सीईओ बन्न संद्धान्तिक सहमति दिएका छौं,’ बीमा समिति स्रोतले भन्यो । अव छिट्टै सानिमा लाइफ इन्स्योरेन्सको संचालक समिति बैठकले उनलाई सीईओमा नियुक्त गर्न सक्नेछ ।


प्रतिक्रिया दिनुहोस्