शुक्रबार कोरोना संक्रमित हुने भन्दा निको हुने धेरै,थप १३ सय १३ जनामा कोरोना « Arthapath.com
९ आश्विन २०७७, शुक्रबार

शुक्रबार कोरोना संक्रमित हुने भन्दा निको हुने धेरै,थप १३ सय १३ जनामा कोरोना



काठमाडौं । नेपालमा थप १३ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार २६२ नमुना परिक्षणमध्ये १३१३ जनाम संक्रमण् देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कूल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।

शुक्रबार थप कोरोना संक्रमितको ६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।

२४ घण्टामा १ हजार ४५५ जना कोरोना जितेर घर फर्किएका छन् । यो संगै डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ । हाल देशभर १८ हजार २९९ जना संक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । नेपालमा १० वर्ष मुनिका २ हजार ३८५ बालबालिकामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५० जनालाई कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या १९ हजार ९७४ पुगेको छ। काठमाडौंमा १६ हजार २६७ ललितपुरमा १ हजार ९१७ र भक्तपुरमा १ हजार ७९० संक्रमित पुगेका छन्।

कूल कोरोना संक्रमितमध्ये २ हजार ३ सय ८५ जना बालबालिकामा कोरोना भाइरस संक्रमण देखिएको हो । तीमध्ये ९ सय ६६ जना बालिका रहेका छन् भने १ हजार ४ सय १९ जना बालक रहेको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्