मन्त्रीपरिषद बैठक बस्दै, मन्त्रीपरिषद हेरफेर होला ? « Arthapath.com
११ आश्विन २०७७, आईतवार

मन्त्रीपरिषद बैठक बस्दै, मन्त्रीपरिषद हेरफेर होला ?



काठमाडौं । सामान्यतया सोमबार र बुधबार बस्ने गरेको मन्त्रीपरिषद बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको लागी बोलाएका छन । मन्त्रिपरिषदको बैठक आज बोलाइएको छ । बैठक आइतबार दिउसो १२ बजे बस्ने जनाइएको छ ।

प्रधानमन्त्री ओलीले आइतबार नै बैठक बोलाएकाले आजै नयाँ मन्त्रीहरु नियुक्त हुनसक्ने र पुरानालाई घर पठाउने संभावना रहेको छ । प्रधानमन्त्री ओलीले पार्टीको सल्लाहमा मन्त्रीहरु हेरफेर गर्ने जनाइएको छ ।

ओलीले केही सरकारमा भएका मन्त्रीहरुको जिम्मेवारी पनि हेरफेर गर्ने संभावना बलियो रहेको छ । पार्टी उपाध्यक्ष बामदेव गौतम सरकारमा सामेल हुन नपाउने भएपछि उनकी श्रीमती तुलसा थापामगरलाई मन्त्री बनाउने संभावना रहेको छ ।

त्यस्तै खाली रहेको नयाँ अर्थमन्त्रीमा पनि पार्टी महासचिव रहेका विष्णु पौडेल वा परराष्ट्रमन्त्री रहेका प्रदिप ज्ञवालीलाई दिने जनाइएको छ । आजको मन्त्रीपरिषद बैठकले महत्वपुर्ण निर्णय गर्ने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्