प्रधानमन्त्री ओलीको निजी चिकित्सक दिव्य सिंहलाई पनि कोरोना देखियो « Arthapath.com
११ आश्विन २०७७, आईतवार

प्रधानमन्त्री ओलीको निजी चिकित्सक दिव्य सिंहलाई पनि कोरोना देखियो



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई पनि कोरोना पोजेटिभ देखिएको छ । शाहलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको छ ।

त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानकी डीनसमेत रहेकी शाहलाई कोरोनाको लक्षण देखिएपछि गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

सिंहको शिक्षण अस्पतालकै ल्याबमा पिसिआर परीक्षण गरीएको थियो । शाह अहिले घरमै आइसोलेसनमा बसेकी छिन । शाहले यसबीचमा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट नगरेको बताइन ।


प्रतिक्रिया दिनुहोस्