साताको पहिलो दिन नेप्से ४.२९ अंकले बढ्यो, ३ अर्ब १३ करोडको कारोवार « Arthapath.com
११ आश्विन २०७७, आईतवार

साताको पहिलो दिन नेप्से ४.२९ अंकले बढ्यो, ३ अर्ब १३ करोडको कारोवार



काठमाडौं । साताको पहिलो कारोवार दिन आईतबार नेप्से नेप्से ४.२९ अंकले बढेर १५६५.५५ बिन्दुमा बन्द भएको छ । सेन्सिटिभ ०.९ नौ अंकले बढेर ३१०.४७ बिन्दु माथि उक्लिएको छ ।

१९१ कम्पनीहरुको ४२ हजार १ सय ८ वटा कारोवारमा १ करोड ९९ लाख ७२ हजार ३ सय १२ कित्ता सेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३ अर्ब १३ करोड ८२ लाख ४३ हजार तीन सय ७१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा सात वटा समुहको सुचक घटे भने पाँच वटाको बढेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १३.७४ अंकले बढेर १२५८.६४ बिन्दुमुा चढेकोमा बिकास बैंक, फाईनान्स, होटल र सामुहिक लगानी कोष समुहको सुचक पनि बडेको छ ।

आइतबार १३.१ अंकले घटेर १२८३.२९ बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि ७२ दसमलव ५३ अंकले घटेर सात हजार आठ सय ५८ दसमलव बिन्दुमा झरेको छ । आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको बेष्ट फार्ईनान्सको प्रतिकित्ता सेयर मुल्य नौ दसमालव ९२ प्रतिसतले बढेर एक सय ३३ रुवैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको युनिलिभर नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य सात दसमलव ११ प्रतिसतले घटेर १८ हजार २५ रुपैयाँमा कारोवार भएको छ ।


प्रतिक्रिया दिनुहोस्