दैनिक कोरोना संक्रमित र मृत्यु हुने बढ्दै, आईतबार १५७३ जना कोरोना संक्रमित थपिए, १० जनाको मृत्यु « Arthapath.com
११ आश्विन २०७७, आईतवार

दैनिक कोरोना संक्रमित र मृत्यु हुने बढ्दै, आईतबार १५७३ जना कोरोना संक्रमित थपिए, १० जनाको मृत्यु



काठमाडौं । नेपालमा थप १५७३ जना कोरोना संक्रमित पुष्टि भेटिएका छन् । देशभरका प्रयोगशालामा गरिएको १० हजार १२३ नमुना जाँचमध्ये १५७३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ७३ हजार ३९४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमित निको हुनेको संख्या ८८५ जना रहेका छन् । योसंगै निको हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ । देशभर १९ हजार १९ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्