बादललाई हटाउन प्रचण्डको दवावपछि मन्त्रीपरिषद लगत्तै ओली–वादल रहस्यमय वार्ता « Arthapath.com
११ आश्विन २०७७, आईतवार

बादललाई हटाउन प्रचण्डको दवावपछि मन्त्रीपरिषद लगत्तै ओली–वादल रहस्यमय वार्ता



काठमाडौं । गृहमन्त्री बनेदेखीनै प्रधानमन्त्री ओली निकटमा रहदै आएका गृह मन्त्री रामबहादुर थापा ‘वादल’लाई मन्त्रीबाट हटाउन प्रचण्डले जोड दिँदै आएका छन । पार्टीको सचिवालय सदस्यसमेत रहेका बादल प्रधानमन्त्री केपी शर्मा ओली निकट मात्रै छैनन् कतिपय बेलामा प्रधानमन्त्रीलाई अफ्टेरो परेका बेला साथ दिँदै आएका छन ।

ओलीले गृह मन्त्री बादल र उद्योगमन्त्री लेखराज भट्टलाई कुनै हालतमा नहटाउने बरु पुर्व माओवादीका शक्तिशाली नेतालाई छानी छानी आफ्नो क्याम्पमा ल्याएर मन्त्री दिने तयारी गरेका छन । त्यसैले अव मन्त्रीपरिषद हेरफेर हँुदा ओलीले रुचाएका टोपबहादुर रायमाझी र पम्फा भुसाललाई मन्त्री बनाउने तयारी गरेका छन । टोपबहादुर पहिल्यैदेखी ओली निटक छन भने भुषाल बादल निकट छिन ।

प्रचण्डले मन्त्रीहरु हेरफेर गर्न खोजेपछि ओलीले गृह मन्त्री बादलसंग आजै गोप्य वार्ता गरेका छन । ओली र प्रचण्डविच वान टु वान वार्तामा के के भए सो कुरा बाहिर आएको छैन । तर पार्टी अध्यक्ष प्रचण्डले वादललाई विदा गर्न खोजेपछि वादल ओलीको सरणमा पुगेका हुन ।

विगतमा ओलीलाई साथ दिँदै आएका वादललाई ओलीले तत्काल हटाउन चाँहदैनन । वादलले पनि प्रचण्डल–माधन नेपालको प्रधानमन्त्री विरोधी गठवन्धनमा गएको प्रति गल्ति स्वीकार गरेका छन । पछिल्लो समय प्रचण्ड–नेपाल गठबन्धन बनाएर ओली हटाउजन खोज्दा एक भेलामा वादल पनि सामेल भएका थिए । सो भेलामा गए प्रश्चात ओली र वादलविच खासै भेट भएको थिएन ।


प्रतिक्रिया दिनुहोस्