सुनको मूल्यमा बढोत्तरी, आइतबार ८०० रुपैयाँ बढ्यो « Arthapath.com
२५ आश्विन २०७७, आईतवार

सुनको मूल्यमा बढोत्तरी, आइतबार ८०० रुपैयाँ बढ्यो



काठमाडौं । आइतबार सुनको भाउ बढेको छ । आइतबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

शुक्रबार ९४ हजार ८०० मा कारोबार भएको सुनको मूल्य आज ९५ हजार ६०० रुपैयाँ कायम भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनको मूल्य पनि ८०० रुपैयाँ बढेको छ भने शुक्रबार ९४ हजार ३०० मा कारोबार भएको थियो । आज तेजाबी सुन तोलामा ९५ हजार १०० मा कारोबार भइरहेको छ । 

त्यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेर एक हजार २३५ तोकिएको महासङ्घले जनाएको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको थियो । शुक्रबार छापावाल ९४ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ३०० रुपैयाँका कारोबार भएको थियो । 


प्रतिक्रिया दिनुहोस्