विश्वभरि कोरोनाबाट मृत्यु हुने १० लाख ८१ हजार नाघ्यो, २ करोड ८३ लाख ६० हजार ३०५ उपचारपछि निको भए « Arthapath.com
२६ आश्विन २०७७, सोमबार

विश्वभरि कोरोनाबाट मृत्यु हुने १० लाख ८१ हजार नाघ्यो, २ करोड ८३ लाख ६० हजार ३०५ उपचारपछि निको भए



काठमाडौं । विश्वभर नै महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९ कोभिड १९संक्रमणका कारण विश्वभर १० लाख ८१ हजार ४ सय ५३ जनाको मृत्यु भएको छ ।हालसम्मको तथ्यांक अनुसार विश्वका ३ करोड ७७ लाख ४९ हजार ९ सय ७४ जना कोरोना संक्रमित भेटिएका छन ।

यस्तै, २ करोड ८३ लाख ६० हजार ३०५ जनाको उपचारपछि निको भएर घर फकेर्का छन ।अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा हालसम्म २ लाख १९ हजार ६ सय ९५ जनाको मृत्यु भएको छ भने ७९ लाख ९१ हजार ९ सय ९८ जनामा संक्रमित फेला परेका छन ।पहिलो पटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ ।यस्तै, ब्राजिल, भारत, स्पेन, फ्रान्स, बेलायत, इटलीमा मृत्यू हुनेहरुको संख्या प्रत्येक देशमा ३० हजारभन्दा बढी पुगेको छ ।इटलीमा मृत्यू हुनेको संख्या ३६ हजार भन्दा बढि छ ।ब्राजिलमा १ लाख ५० हजार ५०६, भारतमा १ लाख, ९ हजार १८४, स्पेनमा ३२ हजार ९२९, फ्रान्समा ३२ हजार ६८३, बेलायतमा ४२ हजार ८२५ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१२ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ ।नेपालमा १ लाख ७ हजार ७५५ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म ६३६ को मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्