प्रधानमन्त्रीद्वारा मन्त्रीपरिषद पुर्नगठन, अर्थमन्त्रीमा विष्णु पौडेलले मारे बाजी, संचारमा गुरुङ, श्रेष्ठ शहरी विकासमन्त्री « Arthapath.com
२८ आश्विन २०७७, बुधबार

प्रधानमन्त्रीद्वारा मन्त्रीपरिषद पुर्नगठन, अर्थमन्त्रीमा विष्णु पौडेलले मारे बाजी, संचारमा गुरुङ, श्रेष्ठ शहरी विकासमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठन गरेका छन । बुधबार सांझ ओलीले मन्त्रीपरिषद पुर्नगठन गरेका छन । खाली रहेको अर्थमन्त्रीमा पार्टी महासचिव विष्णु पौडेल बनेका छन ।

प्रधानमन्त्रीले रक्षा मन्त्रालय संहाल्दै आएको ईश्वर पोखरेलको मन्त्रालय खोसेका छन । पोखरेल रक्षाबाट हटेर प्रधानमन्त्री कार्यालयमा ल्याइएको छ । महिला बालबालिका तथा समाजकल्याणमन्त्री रहेका पार्वत गुरुङले संचार मन्त्रालयको जिम्मेवारी पाएका छन ।

त्यस्तै महिला बालबालिका तथा समाजकल्याणमन्त्रीमा लिलानाथ श्रेष्ठ भएका छन । त्यसैगरी काठमाडौं ९ बाट चुनाव जितेका कृष्णगोपाल श्रेष्ठ शहरी विकासमन्त्री बनेका छन ।


प्रतिक्रिया दिनुहोस्