सानिमा जनरल इन्स्योरेन्सको सेयर बाँडफाँड, ५ लाख ९० हजारले सेयर पाएनन् « Arthapath.com
३० आश्विन २०७७, शुक्रबार

सानिमा जनरल इन्स्योरेन्सको सेयर बाँडफाँड, ५ लाख ९० हजारले सेयर पाएनन्



ipo

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आईपिओ शुक्रबार बाँडफाँड भएको छ । कम्पनीले अशोज २१ गतेदेखी २५ गतेसम्म ३० लाख कित्ता सेयर सर्वसाधारणको लागी निस्कासन गरेहो थियो ।

शुक्रबार बाँडफाँड भएको आइपिओमा ५ लाख ९० हजार ५८५ जनाको हात खाली भएको सेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ । २ लाख ७३ हजार जना आवेदकले गोलाप्रथाबाट १० कित्ता सेयर पाएका छन ।

इन्स्योरेन्सको आइपीओमा कुल ८ लाख ६६ हजार ९०५ जना आवेदकबाट १ करोड ८५ लाख ९१ हजार ५२० कित्ता आइपीओ खरिदको लागि आवेदन परेकोमा ३ हजार ३६० जना आवेदकबाट परेको ६२ हजार २८० कित्ता शेयरको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्