गृह मन्त्रालयद्धारा उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न स्वीकृति, उद्घाटन अनलाइनबाट, मतदान ३ ठाउँमा « Arthapath.com
३० आश्विन २०७७, शुक्रबार

गृह मन्त्रालयद्धारा उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न स्वीकृति, उद्घाटन अनलाइनबाट, मतदान ३ ठाउँमा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभाको उद्घाटन भर्चुअल अनलाइनबाट हुने भएको छ । महासंघको सभा मंसिर ११ र १२ गते काठमाडौंमा तय भएको छ । वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकाल गरी दुई समूह चुनावी मैदानमा छन् ।

साधारण सभाको उद्घाटन ११ गते हुनेछ भने १२ गते बन्द सत्र र भ्याए सोही दिन निर्वाचन हुने र नभए १३ गते निर्वाचन गर्ने तयारी गरिएको छ ।

साधारणसभा उद्घाटनका लागि गृह मन्त्रालयले समेत स्वीकृति दिइसकेको छ । महासंघको ५४ औं साधारण सभामा नेतृत्व चयनसमेत हुने भएकाले चुनावी चहलपहल सुरु भइसकेको छ । महासंघका वरिष्ठ अध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । निर्वाचन कार्यक्रम प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की बैंकेट बबरमहल र महासंघको कार्यालय टेकु गरी ३ स्थानमा हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस्