शुक्रबार थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण, २१ जनाको ज्यान गयो « Arthapath.com
३० आश्विन २०७७, शुक्रबार

शुक्रबार थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण, २१ जनाको ज्यान गयो



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा यति संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेका छन ।

त्यस्तै पछिल्लो २४ घण्टमा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा मृत्यु हुनेको संख्या ७ सय १५ जना पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३५२२ जना कोरोना संक्रमणमुक्त भएका छन् यो संगै नेपालमा कोरोन संक्रमणमुक्त हुनेको संख्या ८८ हजार ०४० जना रहेका छन् । सक्रिय कोरोना संक्रमितको संख्या ३७ हजार ३ सय ८२ पुगेको डा गौतमले बताए ।


प्रतिक्रिया दिनुहोस्