सोमबार थप ३७ सय ९० जनामा कोरोना संक्रमण, १८ जनाको ज्यान गयो « Arthapath.com
३ कार्तिक २०७७, सोमबार

सोमबार थप ३७ सय ९० जनामा कोरोना संक्रमण, १८ जनाको ज्यान गयो



काठमाडौं । आइतबार नेपालमा पछिल्लो २४ घण्टामा ३७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा यति संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ०३६ पुगेका छन ।


त्यस्तै पछिल्लो २४ घण्टमा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा मृत्यु हुनेको संख्या ७ सय ५७ जना पुगेका छन् ।


त्यस्तै पछिल्लो २४ घण्टामा २३३५ जना कोरोना संक्रमणमुक्त भएका छन् यो संगै नेपालमा कोरोन संक्रमणमुक्त हुनेको संख्या ९४ हजार ५ सय १ जना रहेका छन् । सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार ७ सय ७८ पुगेको डा गौतमले बताए ।त्यस्तै उपत्यकाका २३ सय ८८ जना थपिएका छन ।


प्रतिक्रिया दिनुहोस्