किन गोप्य भेटे प्रधानमन्त्री ओलीले ‘रअ’का प्रमुख गोयललाई ? « Arthapath.com
६ कार्तिक २०७७, बिहीबार

किन गोप्य भेटे प्रधानमन्त्री ओलीले ‘रअ’का प्रमुख गोयललाई ?



काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ‘रअ’का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गौपय रुपमा भेट भएको छ । प्रधानमन्त्रीले गोयललाई भेट्नु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्टी गरेका छन ।

गोयलले बुधबार बेलुकानै प्रधानमन्त्रीलाई सरकारी निवास बालुवाटारमा भेटेका हुन् । तर यो विषय गोप्य राखिएको थियो । भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेको थापाले सामाजीक सञ्जाल फेसबुक मार्फत जानकारी दिएक छन ।

गोयल इन्डियन एयरफोर्सको जहाजबाट नेपाल आएका थिए । बिहीबार बिहान १० बजे चार्टर्ड विमान दिल्लीतर्फ फर्किसकेको छ । मंगलबार दिउँसो काठमाडौं आएका गोयलले अरू नेताहरूसँग भने भेटेको पुष्टि भइसकेको छैन ।

प्रधानमन्त्री र गोयलविच नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने सहमती भएको हो ।

उता पूर्व प्रधानमन्त्रीद्वय एवं नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो रअ प्रमुख गोयलसँग भेट नभएको प्रष्ट पारेका छन ।


प्रतिक्रिया दिनुहोस्