भोलिदेखी विदेशी च्यानलहरु विज्ञापन रहित प्रशारण हुने, मन्त्री गुरुङ भन्छन्, ‘उल्लंघन गरे कारवाही गर्छौं’ « Arthapath.com
७ कार्तिक २०७७, शुक्रबार

भोलिदेखी विदेशी च्यानलहरु विज्ञापन रहित प्रशारण हुने, मन्त्री गुरुङ भन्छन्, ‘उल्लंघन गरे कारवाही गर्छौं’



काठमाडौं । भोली शनिबारदेखी विदेशी च्यानलहरु नेपालमा विज्ञापनरहित प्रशारण हुने भएका छन । विहीबार सरकारको नियमित मन्त्रीपरिषदको बैठकका विषयमा जानकारी दिन आयोजित पत्रकार भेटमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कात्तिक ८ गते शनिबारदेखि नेपालमा प्रशारण हुने विदेशी च्यानलहरूमा विज्ञापन रहित क्लिन फिड प्रशारण लागु हुने बताए ।

सरकारले क्लिन फिड प्रशारण ऐन ल्याएको १ वर्षपछि बल्ल लागु गर्न लागेको हो । क्लिन फिडको ऐन र नियमावली समेत कार्यान्वयनमा आइसकेको सञ्चार मन्त्रालयले जनाएको छ । सरकारका प्रवक्ता मन्त्री गुरुङले आवश्यक तयारी मन्त्रालयले गरेको जानकारी दिए ।

यदी सरकारी निर्णयको कसैले उल्लंघन गरेको पाइएमा मन्त्रालयले कानुन बमोजिम कारवाही गरिने मन्त्री गुरुङले बताए । विज्ञापनरहित (क्लिनफिड) लागु गरिएकाले त्यसमा सहयोग गर्न मन्त्री गुरुङले आव्हान समेत गरे । अव विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमले नेपालीमा डविङ गरी प्रशारण गर्न नपाउने व्यवस्था ऐनले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्