लघुवित्त संस्थामा दवावमुलक मर्जर, संख्या आधा घटाइँदै « Arthapath.com
९ कार्तिक २०७७, आईतवार

लघुवित्त संस्थामा दवावमुलक मर्जर, संख्या आधा घटाइँदै



काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूलाई दवाबमूलक मर्जरमा लागि आधा संख्यामा झारिने भएको छ । करिब २० संस्था घटिसकेको छ भने अझै थप २० वटा सस्था घट्ने क्रममा छ । लघुवित्त सस्थाहरूको संख्या घटाउनको लागि हकप्रद निष्काशन रोक्दै चुक्ता पँुजी बृद्धिमा जोड दिइएको थियो ।

व्यापार बिस्तारका लागि पुँजी बृद्धि अपरिहार्य भएपछि लघुवित्तहरू मर्जरमा जान दौडधूप गरिरहेका छन् । आईपीओ निष्काशन नगरेका करिब ३० वटा लघुवित्त सस्थाहरू मर्जरमा जाँदैछन् । यसमध्ये केही आईपीओ प्रक्रियामा समेत थिए । आईपीओ निष्काशन नगरेका संस्था मर्जरमा गएपछि संस्थापक र सर्वसाधारणको रेसियो मिलाउनका लागि लघुवित्तहरू एफपीओको विकल्पमा जान लागेका हुन् ।

सर्वसाधारणमा सेयर जारी नगरेका तथा भर्खरै स्थापना भएका लघुवित्त कम्पनीहरूसमेत मजरमा जान थालेका छन् । हालसम्म एक दर्जन यस्ता कम्पनीले मर्जरको सम्झौता गरिसकेका छन् । आईपीओ निष्काशन नै नगरेका नागरिक, स्वेडा, नवकीरण, ग्रामिण स्वाबलम्बन, जीवन विकास, गरिबी न्यूनीकरणलगायतका लघुवित्त मर्जरमा गैसकेका छन् ।

यस्तै, राष्ट्र बैंकले राष्ट्रियस्तर र प्रदेशस्तर गरी २ किसिमका मात्र लघुवित्त संस्थाहरू सञ्चालन गर्ने व्यवस्था मिलाएका छ । यसअघि क्षेत्रीयस्तरका ३ जिल्लादेखि १० जिल्ला र २० जिल्ला कार्यक्षेत्र भएका लघुवित्तहरू अब राष्ट्रियस्तरको लघुवित्तको हैसियतमा पुग्न नसके प्रदेशस्तरमा सिमित हुनुपर्ने भएको छ । प्रदेशस्तरमा सीमित हुनका लागि पनि सजिलो छैन । एकभन्दा बढी प्रदेशमा कायक्षेत्र रहेका क्षेत्रीयस्तरका सस्थाहरूले आफ्नो कार्यालय रहेकोभन्दा प्रदेशका शाखा र विजनेस सबै बेच्नुपर्ने अवस्थासमेत आउनेछ । यसैकारण पनि लघुवित्तहरू मर्जरमार्फत राष्ट्रियस्तरको बन्न लालायित छन् ।

सर्वसाधरणहरूलाई आईपीओ समेत निष्काशन नगरेको लघुवित्तहरू मर्जरमा गएपछि उनीहरूको हिस्सा एफपीओको रुपमा निष्काशन हुने भएको छ । यस्तो एफपीओ प्रिमियममा समेत जारी हुनसक्ने छ । लघुवित्त संस्थाहरूको संख्या धेरै भएपछि नियमन गर्नसमेत गाह्रो भएको भन्दै राष्ट्र बैंकले समेत मर्जरमा जान जोड दिँदै आइरहेको छ । यसले गर्दा पनि लघुवित्त संस्थाहरू धमाधम मर्जरमा जान थालेका हुन् ।

सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेका लघुवित्त र आईपीओ निष्काशन नगरेका लघवित्तहरू धमाधम मर्जरमा जान थालेपछि उक्त संस्थाहरूले सर्वसाधारणको लागि एफपीओ निष्काशनमा ल्याउने भएका छन् । सर्वसाधारणको लागि छुट्टाएको सेयर एफपीओ निष्काशन गरेर पूरा गर्ने लघुिवत्त संस्थाहरूको तयारी छ । संस्थापक तथा सर्वसाधारणको सेयर संरचना मिलाउन पनि लघुवित्त संस्थालाई एफपीओ निष्काशन गर्नुपर्ने बाध्यता छ ।

यता लघुवित्त संस्थाहरूले राष्ट्र बैंकले तोकिएको न्युनतम चुक्ता पुँजी पु¥याउनुपर्ने बाध्यतासमेत छ । जसले गर्दा मर्जरले प्राथमिकता पाइरहेको छ । २०७६ असार मसान्तसम्ममा ९० वटा रहेको लघुवित्त संस्थाहरू मर्जर तथा एक्वीजिसनमा सहभागी भएर २०७७ साउनसम्ममा ८४ वटामा सीमित भएका छन् । हाल राष्ट्रियस्तरका लघुवित्तहरूले न्यूनतम १० करोड, प्रदेशिकस्तरको लघुवित्तले ६ करोड, ४ देखि १० जिल्ले लघुवित्तहरूले २ करोड र १ देखि ३ जिल्ले लघुवित्त संस्थाहरूले न्यूनतम १ करोड रुपयौँ चुक्ता पुँजी कायम गर्नुपर्ने व्यवस्था छ । त्यसले गर्दापनि लघुवित्त संस्थाहरू मर्जर तथा एक्वीजिसन जानु परेको हो ।

एफपीओ निष्काशन गर्न लागेका लघुवित्त संस्थाहरू यी हुन् पछिल्लो समय मर्जर सम्पन्न गरिसकेका आरम्भ चौतारी, समाज लघुवित्त, एनआरएन लघुवित्त र वोमी लघुवित्तलगायतले एफपीओ निष्काशन गर्ने भएका छन् । आरम्भ र चौतारी गाभिएर बनेको संस्थाले थप ३ सस्थासँग गाभिने सम्झौता गरिसकेका छन् । ती संस्था आईपीओ निष्काशन गर्न बाकी लघुवित्त हुन् ।


प्रतिक्रिया दिनुहोस्