६ दिनपछि खुलेको सेयर बजारमा देखियो हरियाली « Arthapath.com
१२ कार्तिक २०७७, बुधबार

६ दिनपछि खुलेको सेयर बजारमा देखियो हरियाली



काठमाडौं । दशैं विदाको कारण ६ दिनदेखी खुलेको सेयर बजार बुधबार खुलेको छ । कात्तिक ५ गतेदेखी बन्द रहेको सेयर बजारमा बुधबार भने हरियाली छाएको छ ।

आज बुधबार सेयर बजारमा केही बृद्धि भएको छ । गतसाता बिहीबार नेप्से १६०६.२५ विन्दुमा रहेको ६ दिनपछि बजार खुल्दा १६१२.५१ विन्दुमा पुगेको हो । बुधबार सेयर बजार कारोवार सुरु भएको १५ मिनेटमानै बढेर १६२१ विन्दुमा पुगेको थियो ।

दशैंका कारण बन्द रहेको सेयर बजारमा हरियाली छाएको हो । अहिले केही बेंक वित्तिय संस्थाहरुले धमाधम लाभांस घोषणा गरेका कारण सेयर बजारमा आर्कषण देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्