मंसिर ९ बाट सुरु हुने कक्षा १२ को परिक्षको यस्तो छ तयारी, भौतिक दुरी र स्यानिटाइजर अनिवार्य « Arthapath.com
१५ कार्तिक २०७७, शनिबार

मंसिर ९ बाट सुरु हुने कक्षा १२ को परिक्षको यस्तो छ तयारी, भौतिक दुरी र स्यानिटाइजर अनिवार्य



काठमाडौं । आगामी मंसिर ९ गतेबाट सुरु हुने कक्षा १२ को परिक्षाको तयारीमा राष्ट्रिय परिक्षा बोर्ड लागिपरेको छ । देशभरबाट चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को परीक्षा गत बैसाखमै हुनुपर्ने थियो । कोरोनको संक्रमण फैलन सक्ने भन्दै सरकारले सबै किसिमका परिक्षा रोक्दै लकडाउन गरेपछि कक्षा १२ को परिक्षा पनि स्थगित भएको थियो ।

आसन्न परिक्षा कसरी कोरोनारहित र सुरक्षीत बनाउृने विषयमा राष्ट्रिय परिक्षा बोर्डले सरोकारवालाहरुसंग प्रतक्ष अप्रतक्ष सुझाव लिइरहेको छ । कोरोना भाइरस सङ्क्रमणका कारण स्थगीत भएको परीक्षा आगामी मङ्सिर ९ गतेबाट सञ्चालन गरिने तयारी तिब्र पारिएको छ ।

कोरोनाको जोखिम कम भैनसकेकाले अहिलेसम्म भौतिकरुपमा कुनैपनि परिक्षा वा कक्षाहरु भएका छैनन । अन्य १० कक्षासम्मका कक्षहरु पनि अनलाइनको माध्यामबाट संचालकन भैरहेको अवस्थामा अभिभावकहरु भौतिकरुपमा हुनै परिक्षा प्रति सशंकित रहेका छन ।

नेपाल अभिभावक महासंघले प्रयाप्त भौतिक दुरी कायम भएमामात्रै परिक्षा संचालन गर्न गराउन आग्रह गरेको छ । महासंघका अध्यक्ष सुप्रभात भण्डारीले सबै किसिमका सुरक्षा अपनाएर मात्रै परिक्षा संचालन गर्न आग्रह गरेको छ । परिक्षार्थि सहभागी हुने परिक्षा केन्द्रमा प्रयाप्त भौतिक दुरी, दैनिक रुपमा कक्षाकोठा स्यानिजाइजर गर्नुपर्ने लगायतको माग अभिभावक संघले राखेको छ ।

भौतिक दुरी कायम गर्न एक बेञ्च एक विद्यार्थीको व्यावस्था गर्न कतिपय परिक्षा केन्द्रहरुले तयारी गरेका छन । यसरी संचालन हुने परिक्षामा प्रयाप्त भौतीक दुरीका साथै स्वास्थ्य सुरक्षाका उपायसमेत अपनाइनुपर्ने माग सरोकारवालाहरुको रहेको छ ।


प्रतिक्रिया दिनुहोस्