रिलायन्स लाइफले पहिलो त्रैमासमा ३ करोड ७३ हजार नाफा, अरु विवरण यस्तो छ « Arthapath.com
२१ कार्तिक २०७७, शुक्रबार

रिलायन्स लाइफले पहिलो त्रैमासमा ३ करोड ७३ हजार नाफा, अरु विवरण यस्तो छ



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले ४६ करोड ५२ लाख रुपैयाँ खुद बीमाशूल्क आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ९१.९८ प्रतिशत बढी हो ।

गत आवको पहिलो त्रैमाससम्ममा १ करोड ८५ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले चालु आवको सोही अवधिसम्ममा ३ करोड ७३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । सो अवधिसम्ममा इन्स्योरेन्सले बीमालेख धितोबापत १७ करोड ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबापत इन्स्योरेन्सले १५ लाख ५८ हजार रुपैयाँ आम्दानी गरेको छ।

त्यस्तै कम्पनीको २ अर्ब १० करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । कम्पनीको जगेडा कोषमा १७ करोड ३० लाख १३ हजार रुपैयाँ, जीवन बीमा कोषमा १ अर्ब ३९ करोड ५६ लाख रुपैयाँ रहेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख गरिएको छ । त्यस्तै कम्पनीको महाविपत्ती कोषमा १ करोड ९२ लाख २४ हजार रुपैयाँ सञ्चित छ । पहिलो त्रैमासको अन्त्यसम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७३ पैसा कायम भएको छ ।

यस आवमा इन्स्योलेन्सले ४ हजार १३८ बीमालेख जारी गरी ४८ करोड २८ लाख २८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने हालसम्म आर्जन गरेको कुल बीमाशुल्क २ अर्ब ७२ करोड ४१ लाख रुपैयाँ पुगेको छ । सो अवधिमा कुल १२ दाबी बापत ६ करोड ६६ लाख ५३ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ भने ४ दाबीबापतको ४७ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्