समावेसी बीमाबारे अन्तराष्ट्रिय कन्फ्रेरेन्समा एआईआरडिसिका अध्यक्ष शाह सहभागी « Arthapath.com
२२ कार्तिक २०७७, शनिबार

समावेसी बीमाबारे अन्तराष्ट्रिय कन्फ्रेरेन्समा एआईआरडिसिका अध्यक्ष शाह सहभागी



काठमाडौं । अन्र्तराष्ट्रिय समावेसी बीमाबारे अन्र्तराष्ट्रिय कन्फ्रेरेन्समा नेपालको तर्फबाट नेपाल इन्स्योरेन्सका सीईओ बिजयबहादुर शाह सहभागी भएका छन ।

६ नोभेम्भरमा भएको कन्फ्रेरेन्समा नेपालको तर्फबाट शाह सहभागी भएका हुन । शाह एआईआरडिसिका अध्यक्षसमेत हुन । शाहले नेपालजस्तो अल्पविकसित देशहरुमा समावेसि इन्स्योरेन्सको अतिनै खाँचो रहेको औल्याएका छन ।

भर्चुअलको माध्यामबाट भएको कन्फ्रेरेन्समा शाहले क्यानडाबाट ज्वाइन गरेका हुन । १२७ देशका प्रतिनिधिहरु सहभागी सो कन्फ्रेरेन्समा शाहले फिलिपिन्स र नेपालको समावेसि इन्स्योरेन्सबारे कार्यपत्र पेश गरेका थिए । समावेसी इन्स्योरेन्सलाई पनि प्रविधिमैत्री बनाई छरितो सेवा दिनुपर्ने शाहले बताए ।

६ नोभेम्बरको कन्फ्रेरेन्समा विभिन्न देशका ६ जना इन्स्योरेन्स विज्ञहरुले कार्यपत्र प्रश्तुत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्