कोरोनाले ६ हजार बैंकका कर्मचारी संक्रमित भएपछि तिहारभरी बैंकका काउन्टर नखुल्ने « Arthapath.com
२५ कार्तिक २०७७, मंगलवार

कोरोनाले ६ हजार बैंकका कर्मचारी संक्रमित भएपछि तिहारभरी बैंकका काउन्टर नखुल्ने



काठमाडौं । हालसम्म बैंकमा कामा गर्ने ६ हजार कर्मचारीमा कोरोना देखिएको नेपाल बैंकर्स संघले जनाएको छ । बैंकको काउन्टरमा काम गर्ने धेरै कर्मचारीमा कोरोना देखिएपछि नेपाल बैंकर्स संघले तिहारको ३ दिन पुरै शाखा बन्द हुने जनाएको छ ।

बैंकको काउन्टरमा बस्ने कर्मचारीमा हरेक दिन संक्रमण बढिरहेको छ । यस्तो अवस्थामा सरकारी विदाको समयमा बैंकको काउन्टर बन्द हुने जनाइएको छ । बैंकर्ष संघले मंगलबार बैठक बसेर कात्तिक २९ देखि मंसिर १ गतेसम्म सबै साखा बन्द गर्ने जनाएको छ ।

बैंकहरुले ३६५ दिनै बैंकिङ सेवा दिने भनेपनि कोरोनाको कारण सबै सेवा बन्द गर्नुपरेको बैकर्स संघले जनाएको छ । बैंकले ग्रहाकहरुलाई डिजिटल सेवा लिन आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्