जिल्ला दौडाहमा हौसिए प्रधान, ३० जिल्ला/नगर अध्यक्षको समर्थनपछि चुनाव छेड्ने उद्घोष « Arthapath.com
२५ कार्तिक २०७७, मंगलवार

जिल्ला दौडाहमा हौसिए प्रधान, ३० जिल्ला/नगर अध्यक्षको समर्थनपछि चुनाव छेड्ने उद्घोष



काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन नजिकिँदै जाँदा दुबै उम्मेदवारहरु भोट माग्न जिल्ला दौडाहामा रहेका छन । निर्वाचन नजिकिँदै जाँदा प्रदेश नं. २ मा बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान भोट माग्न व्यस्त छन भने उनका प्रतिद्वन्दी चन्द्र ढकाल गण्डकी प्रदेशमा भोट माग्न व्यस्त छन ।

हाल जिल्ला नगर अध्यक्ष रहेका प्रधानलाई जिल्लामा राम्रो समर्थन छैन भन्ने सन्देश को अव अन्त्य भएको छ । प्रधानलाई मंगलबारै ३० भन्दा बढी जिल्ला अध्यक्षहरुको समर्थन गरेको उनले जानकारी दिएका छन । अथएपथसंगको छोटो कुराकानीमा प्रधानले भने अव चुनाव छेड्छु । म जिल्ला नगरका साथीहरुले मलाई मायाा गरे ।

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानलाई एकैदिन एकैपटक ३० भन्दा बढी जिल्ला नगर उद्योग वाणिज्य संघले मतदान गर्ने सामूहिक प्रतिवद्धता जनाएका छन् । जनकपूरमा आयोजित कार्यक्रममा प्रधान समूहलाई विभिन्न प्रदेशका जिल्ला नगरका अध्यक्षहरुले मतदान गरेर जिताउने निर्णय भएको हो । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिव शंकर शाहले ३० भन्दा बढी जिल्लाका अध्यक्षहरुले प्रधान र उनको समुहलाई जिताउने निर्णय भएको बताए ।

किशोर प्रधानलाई महासंघका आगामी अध्यक्ष शेखर गोल्छाले समर्थन गरेका कारण पनि २ कार्यकाल कटिबद्ध भएर काम गर्ने वाताबरण बनाउन प्रधानलाई जिताउने निर्णय भएको शाहले बताए । प्रदेश १ र २ को कुल मतमध्ये ९९ प्रतिशत मत प्रधान पक्षले पाउने प्रदेश नम्बर २ का अध्यक्ष शिव शंकर शाहले बताए ।

कार्यक्रममा प्रधान समूहलाई मत प्रतिबद्धता जनाउने जिल्ला नगरमा जनकपूरधाम उद्योग वाणिज्य संघ (ललित शाह, अध्यक्ष), धुलिखेल उद्योग वाणिज्य संघ (मञ्जु कुमार कोजु, अध्यक्ष), सप्तरी उद्योग वाणिज्य संघ (अरुण कुमार प्रधान, अध्यक्ष), उद्योग वाणिज्य संघ, मलङ्गवा, उद्योग वाणिज्य संघ, सर्लाही (बीरेन्द्र प्रसाद शाह, अध्यक्ष), गौशाला उद्योग वाणिज्य संघ (रामराजा प्रसाद शाह, अध्यक्ष), जलेश्वर उद्योग वाणिज्य संघ (कृपा शंकर शाह, अध्यक्ष), महोत्तरी उद्योग वाणिज्य संघ (मोहन प्रसाद गुप्ता, अध्यक्ष), वीरगञ्ज उद्योग वाणिज्य संघ (गोपाल केडिया, अध्यक्ष), इनरुवा उद्योग वाणिज्य संघ (वीरेन्द्र शाह, अध्यक्ष), जाजरकोट उद्योग वाणिज्य संघ (कर्ण बहादुर खत्री, अध्यक्ष), सुर्खेत उद्योग वाणिज्य संघ (धन बहादुर रावत, अध्यक्ष) लगायत छन् ।

यस्तै उदयपूर उद्योग वाणिज्य संघ (पुष्कर खड्का, अध्यक्ष), मकवानपूर उद्योग वाणिज्य संघ, लाहान उद्योग वाणिज्य संघ, सिराहा उद्योग वाणिज्य संघ (प्रमोद कुमार पोहार, अध्यक्ष) र धनकुटा उद्योग वाणिज्य संघले पनि प्रधान समूहलाई नै सघाउने औपचारिक निर्णय गरेका छन् । चरिकोट उद्योग वाणिज्य संघ, दोलखा (इन्द्र बहादुर श्रेष्ठ, अध्यक्ष), उर्लाबारी उद्योग वाणिज्य संघ, मोरङ (प्रितम खड्गी, अध्यक्ष), दमक उद्योग वाणिज्य संघ (गोकुल श्रेष्ठ, अध्यक्ष), मेची उद्योग वाणिज्य संघ (ऋषी तिम्सिना, अध्यक्ष), कपिलबस्तु उद्योग वाणिज्य संघ, (यज्ञ प्रसाद भट्टराई, नि. अध्यक्ष), उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र बारा उद्योग वाणिज्य संघले प्रधान र उनको समूहलाई बिजयी गराउने प्रतिवद्धता जनाएका छन् ।

रौतहत र बर्दिबास जिल्ला उद्योगा वाणिज्य संघले पनि प्रधानलाई सघाउने प्रतिवद्धता जनाएका छन् । काठमाडौँ उद्योग वाणिज्य संघबाट भने अध्यक्ष दिनेश श्रेष्ठ महासंघको जिल्ला नगर उपाध्यक्षमा उम्मेद्वार नै भएका कारण प्रधान समूहलाई स्वतः समर्थन छ ।


प्रतिक्रिया दिनुहोस्