एकैदिन ३४ सयले घटेको सुन बुधबार फेरि बढ्यो, कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
२६ कार्तिक २०७७, बुधबार

एकैदिन ३४ सयले घटेको सुन बुधबार फेरि बढ्यो, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । मंगलबार एकैपटक ३४ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार भने १ सय रुपैयाँले बढेको छ । योसँगै बुधबार सुनको मूल्य ९४ हजार ९ सय रुपैयाँ पुगेको छ । त्यसैगरी, तेजाबि सुनको मूल्य ९४ हजार ४ सय रुपैयाँ रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । बुधबारको चाँदीको मूल्य प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कायम छ । मंगलबार छापावाल सुन ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, तेजाबि सुनको मूल्य ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको चाँदीको मूल्य प्रतितोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी मूल्य पनि तोलामा १० रुपैयाँले बढेर तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । आइतबार छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन तोलामा ५ सय रुपैयाँले नै बढेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी तोलाको १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुन तोलमा १ हजार रुपैयाँले बढेको थियो । शुक्रबार छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्