किशोर प्रधानका यी १२ सारथीहरु, जसले महासंघको अध्यक्षबन्ने बाटो तय गर्लान ? « Arthapath.com
२६ कार्तिक २०७७, बुधबार

किशोर प्रधानका यी १२ सारथीहरु, जसले महासंघको अध्यक्षबन्ने बाटो तय गर्लान ?



काठमाडौं । दुईपटक नेपाल उद्योग बाणिज्य महासंघमा जिल्ला÷नगर उपाध्यक्ष भैसकेका किशोर प्रधान पुराना व्यापारी हुन । औषधी व्यावसायबाट आफ्नो व्यावसायीक करिअर सुरु गरेका प्रधान यही मंसिर ११, १२ र १३ गते हुने नेपाल उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार बनेका छन ।

महासंघको निर्वाचनको मिति नजिकिदै जाँदा प्रधान देशव्यापी दौडमा लागेका छन । प्रधानको प्रतिस्प्रधि चन्द्र प्रसाद ढकाल पनि आफु निर्वाचन जित्ने सुनिस्चित रहेको बताएका छन । अहिले जसले बरिष्ठ उपाध्यक्ष जित्छ उसैले महासंघको भावि अध्यक्ष बन्ने बाटो तय गर्नेछ ।

महासंघको भव्य महलमा फोटो झुड्याउन आतुर व्यावसायीहरु अहिले कोरोना महामारीका विच देश दौडाहमा लागेका छन । प्रधान र ढकाल दुर्ब चुनाव जसरी पनि आफ्नो पक्षमा पार्ने दाउमा देखिन्छन । महासंघको ५४ औं साधारणसभाले भावी नेतृत्व चयन गर्नेछ । २ वर्षे कार्यकालको लागी महासंघको चुनाव नजिकिँदै जाँदा कसले नेतृत्व हत्याउने भन्ने रसाकस्सी चलिरहेको छ ।

सन २०१३ र २०१८ मा दुईपटक जिल्ला नगर उपाध्यक्ष जितिसकेका प्रधानलाई अहिले ९ पुर्व अध्यक्ष र १ वर्तमान अध्यक्षले साथ दिएका छन ।

कस–कसको साथ छ प्रधानलाई ?

महासंघको नेतृत्व गरिसकेका ९ जना पुर्वअध्यक्षहरुको साथमा प्रधान बरिष्ठ उपाध्यक्षको लागी मैदानमा उभिएका छन । वर्तमान अध्यक्ष भवानी राणाको हातबाट टिका लगाएर गत कात्तिक १७ गते मनोनयन दर्ता गराउन पुगेका थिए । प्रधानको मनोनयनमा पुर्वअध्यक्ष कुषकुमार जोसी अन्त्यसम्म साथ दिए । त्यसोत स्वत अध्यक्ष बन्न लागेका गोल्छा पनि मनोनय समारोहमा राजनितीक सुद्धिकरणको लागी प्रधान टिमलाई सहयोग गर्न खुलेर भोट मागे ।

त्यसैगरी प्रधानको पक्षमा खुलेर भोट माग्ने १२ सारथीहरु यस्ता रहेका छन । महासंघको ति हस्तीहरुको साथ पाएर प्रधान बढी आत्माविश्वासी बनेका छन । प्रधानलाई सहयोग गर्ने पुर्व अध्यक्षहरु निम्न रहेका छन । पद्म ज्योति, रविभक्त श्रेष्ठ, विनोद बहादुर श्रेष्ठ, विनोद चौधरी, प्रदिपजंग पाण्डे, प्रदिप कुमार श्रेष्ठ, कुषकुमार जोसी, पसुपति मुरारका र भवानी राणा रहेका छन ।

त्यसोत स्वत अध्यक्ष बन्न लागेका शेखर गोल्छासमेत चन्द्र ढकाललाई हराउन हात धोएर लागेका छन । जिल्ला जिल्लामा भोटमाग्न पुगेका किशोर प्रधानले आफ्ना सर्मथक बढेको भन्दै चुाव जित्ने उद्घोष गरेका छन ।


प्रतिक्रिया दिनुहोस्