बुधबार नेप्से २९ अंकले बढ्यो, ४ अर्ब ९ करोड रुपैयाँको कारोबार « Arthapath.com
२६ कार्तिक २०७७, बुधबार

बुधबार नेप्से २९ अंकले बढ्यो, ४ अर्ब ९ करोड रुपैयाँको कारोबार



काठमाडौं । बुधबार नेप्से २८.८९ अंकले बढेर १,७०७.६७ अंकमा रोकिएको छ । बुधबार १९५ कम्पनीको १ करोड २५ लाख २३ हजार ६ सय ५१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९ करोड ९६ लाख ४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । बुधबार धेरै नेपाल टेलिकमको २५ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिस्टीलरीको १८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । एनआइसी एशिया बैंकको १५ करोडमाथि, नागरिक लगानी कोषको १५ करोडमाथिको नेपाल लाइफ इन्स्योरेन्सको पनि १५ करोडमाथिकै कारोबार भएको छ ।

आज सबैभन्दा धेरै साल्ट ड्रेडिङ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, लक्ष्मी इक्यिुटी फण्डका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीको दरले कमाएका छन् । नागरिक लगानी कोषका लगानीकर्ताले ९.९८ प्रतिशतकबा दरले कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्