चियाखेतीका लागि अमेरिकाले दियो साढे १७ करोड डलर, मन्त्रिपरिषद् बैठकले के के निर्णय र्गयो ? « Arthapath.com
२७ कार्तिक २०७७, बिहीबार

चियाखेतीका लागि अमेरिकाले दियो साढे १७ करोड डलर, मन्त्रिपरिषद् बैठकले के के निर्णय र्गयो ?



काठमाडौं । अमेरिकारले नेपाललाई चिया खेतीको दिगो विकासका लागि १७ करोड ५० लाख डलर सहायता गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिकाले दिने सहायता स्वीकार गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

त्यस्तै, केही वस्तुमा लगाईएको कर घटाउने र पुस्तक आयातमा लगाइएको १० प्रतिशत कर खारेज गर्ने निर्णय गरेको छ । त्यस्तै, केही स्थानीय तहमा औद्योगिक ग्राम निर्माण गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ ।

त्यस्तै, स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्न कृषिमन्त्री घनश्याम भुसालको संयोजकत्वमा ३ सदस्य कार्यदल बनाउन अध्ययन कार्यदल बनाएइको छ ।

त्यस्तै, सरकारले सेती राजमार्गका लागि २३३ हेक्टर जमिन प्रयोग गर्न दिने र धरानमा २२० केभी विद्युत् प्रसारण लाइन निर्माणका लागि अनुमति दिने निर्णय समेत गरेको छ ।

कोरोनाको खोपका लागि कार्ययोजना स्वीकृत गर्दै सरकारी अस्पतालमा कोरानाको परिक्षण तथा उपचार निःशुल्क गर्ने, कात्तिकदेखि आउँदो चैतसम्म प्रधानमन्त्रीदेखि राज्यमन्त्रीसम्मको आधा तलब भत्ता कोरोना कोषमा जम्मा गर्ने, भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन गर्ने, कृषि मन्त्रालयको प्रस्तावमा जि टु जिमार्फत रासायनिक मल किन्न स्वीकृत दिने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्