कोरोनाले छोएन मुक्तिनाथ विकास बैंकलाई, २८ प्रतिसतले बढ्यो नाफा « Arthapath.com
२८ कार्तिक २०७७, शुक्रबार

कोरोनाले छोएन मुक्तिनाथ विकास बैंकलाई, २८ प्रतिसतले बढ्यो नाफा



काठमाडौं । कोरोनाको महामारीका विच मुक्तीनाथ विकास बैंककले चालु आवको पहिलो त्रैमासमा २८ प्रतिसत नाफामा बृद्धि गरेको छ । मुक्तिनाथ विकास बैंकको खुद नाफा २८ प्रतिशतले बढेको छ ।

पहिलो त्रैमासमा मुक्तिनाथले २९ करोड ४१ लाख कमाएको छ । कोरोनाको वावजुत बैंककले गत वर्षको तुलनामा २८.५८ प्रतिशतले नाफा बढाएको हो । गत वर्षको यसै आवमा बैंकले २२ करोड ८७ लाख नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा १५ करोड २१ लाख रहेको छ । मुक्तिनाथ विकास बैंकले खुद ब्याज आम्दानी ५९ करोड ६ लाख रहेको छ । यो गत आवको भन्दा ७ करोड बढाएको छ । बैंकको सञ्चालन आम्दानी १ करोड २२ लाख रुपैयाँबाट बढेर १ करोड ९८ लाख रुपैयाँ पुगेको छ ।

खराव कर्जा घटाएको मुक्तिनाथ विकास बैंकको निक्षेप भने ६ अर्वले निक्षेप बढाउँदा करिव ४ अर्व कर्जा बढाएको छ । बैंकको निक्षेप ६३ अर्ब ८४ करोड पुगेको छ भने कर्जा लगानी ५१ अर्ब ९९ करोड पुगेको छ । ४ अर्ब ३३ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ५ करोड पुर्याएको छ । प्रतिशेयर आम्दानी २७ रुपैयाँ २१ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्