फेरी बामदेव फकाउँदै प्रधानमन्त्री ओली, सचिवालयमा दुई अध्यक्षको घोचेपेच « Arthapath.com
२८ कार्तिक २०७७, शुक्रबार

फेरी बामदेव फकाउँदै प्रधानमन्त्री ओली, सचिवालयमा दुई अध्यक्षको घोचेपेच



काठमाडौं । पार्टीभित्रको विवाद सल्टाउन गरिएको सत्तारुढ नेकपाको बैठकमा दुई अध्यक्षको घोचपेचले थप रोचक बनाइदिएको छ । पार्टी सचिवालय बैठक बोलाउन आह्वान गर्ने अर्का अध्यक्षलाई प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ दिएपछि दुई अध्यक्षविच पत्र आदान प्रदान चलेको हो ।

प्रधानमन्त्री ओलीले आफु अध्यक्ष भएर आफ्नो काम नगर्ने उल्टै सत्ता ढाल्ने र गुटबन्दीमा लागेको भन्दै कटाक्ष गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि पत्रको जवाफ पत्रलेनै दिएका छन । ओलीले आफ्नो आङको भैसी नदेख्ने र अर्काको जुम्रा देख्ने गरेको आरोप प्रचण्डलाई लगाएका छन ।

मन्त्रीपरिषद पुर्नगठन र राजदुत नियुक्ती प्रचण्डकै सल्लाहमा गरेको बताएका ओलीलाई प्रचण्डले दिउसै रात पारेको संज्ञा दिएका छन । आजको सचिवालय बैठकमा दुई अध्यक्षको पत्र बाँडेर सकिएको छ । ओलीले आफ्नो काम पार्टी एकताको बाँकी काम गर्न छाडेर उल्टै गुटवन्दी गरेको आरोप लगाएका थिए । जवाफमा प्रचण्डले रातिराति प्रधानमन्त्रीले बालुवाटार बसेर गुटबन्दी गरेको बताएका थिए ।

दुई अध्यक्षविचको वारले पार्टीमा झनै संकट थपिदिएको छ । नेकपाको आजको बैठक ४० मिनेटमा दुई अध्यक्षको पत्रको सवाल जवाफमै सकिएको थियो आगामी बैठक मंसिर ३ गतेको लागी तोकिएको छ ।

बामदेव फकाउँदै ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफु सचिवालयमा अल्पमतमा परेपछि प्रयोग गर्ने कार्ड हो बामदेव गौतमलाई आफ्नो पक्षमा ल्याउने । बिहीबार सर्वोच्च अदालतले सांसद र मन्त्री बन्न पाउनेगरी फुकुवा गरेपछि ओलीले फेरी गौतम कार्ड फ्याकेका छन ।

आफैले सकेसम्म मन्त्री बन्न नदिन अदालत लगाएको आरोप लागेका ओलीले फेरी विषेस दुत पठाएर रोजेर मन्त्री लिन आग्रह गरेका छन । अहिले ईश्वर पोखरेलसंग खोसिएको रक्षा मन्त्रालय ओलीसंग छ । त्यसैले ओलीले माने रक्षा नमाने अन्य मन्त्री दिएर भएपनि गौतमलाई आफ्नो पक्षमा ल्याउने र सचिवालयमा बहुमत पुर्याउने पक्षमा देखिएका छन ।

सोही योजना अनुसार हिजो बिहीबारै ओलीका दुतहरु गौतम निवासमा मन्त्रीको अफर गर्दै पुगेका थिए । अहिले पार्टी सचिवालयमा अल्पमतमा रहेका ओली गौतमलाई आफुतिर तान्ने वित्तिकै बहुमतमा हुनेछन । गौतमले यसअघिनै उपप्रधान तथा अर्थमन्त्री बन्ने इच्छा देखाएको चर्चा भएको थियो । तर प्रधानमन्त्री ओलीले प्रदेश नं. ५ को राजधानी रारेर विच्किएका महासचिव विष्णु पौडेललाई अर्थमन्त्री बनाईसकेका छन ।


प्रतिक्रिया दिनुहोस्