बादलले पनि छोडे ओलीको साथ, बैठक रोक्ने ओलीको सन्देश बोकेर प्रचण्ड भेट्न महासचिव पौडेल खुमलटारमा « Arthapath.com
२ मंसिर २०७७, मंगलवार

बादलले पनि छोडे ओलीको साथ, बैठक रोक्ने ओलीको सन्देश बोकेर प्रचण्ड भेट्न महासचिव पौडेल खुमलटारमा



काठमाडौं । प्रधानमन्त्री एवम नेपाल कम्युनिष्ठ पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डविच एकसातादेखी देखिएको आरोप प्रत्यरोप अझै साम्य भएको छैन । भोली बुधबार नेकपाको सचिवालय बैठक बस्नुअघिनै दुई अध्यक्षविच सहमती खोज्ने प्रयासमा महासचिव विष्णु पौडेल लागिपरेका छन ।

ओली र प्रचण्डविच गत सचिवालय बैठकमा आरोप प्रत्यरोप बढेपछि दुई अध्यक्षको तिक्ततापुर्ण संबन्धका विच बैठक कसरी अघि बढाउने भन्दै ओलीको सन्देश बोकेर महासचिव पौडेल खुमलटार पुगेका हुन । उता प्रचण्ड–नेपाल समूहले भोलिको लागी बोलाइएको सचिवालय बैठक जसरीपनि गर्ने तयारीमा लागेका छन । उता प्रधानमन्त्री ओली भने बैठक रोक्ने पक्षमा देखिएका छन ।

बहुमत पक्षका सचिवालय सदस्य आफुतिर रहेको भन्दै प्रचण्ड नेपाल पक्ष ओलीलाई गलाउने पक्षमा देखिएका छन । गत बैठकमा ओलीलाई साथ दिँदै आएका सचिवालय सदस्य एवम् गृह मन्त्री रामबहादुर थापा बादलले पनि ओलीलाई छोडेका छन । जता बहुमत भयो उतै लाग्ने बादलले जनाउ दिएका छन ।

प्रधानमन्त्री ओलीसंग अव ईश्वर पोखरेल महासचिव पौडेलमात्रै रहेका छन । विगतमा बादल र उपाध्यक्ष बामदेव गौतमले साथ दिएपछि ओली बहुमतमा रहने गरेका थिए । यसविचमा प्रधानमन्त्री ओलीले गौतम र नेपाललाई छुट्टाछुट्टै भेटेर सहयोग गर्न आग्रह गरेका थिए । ओलीको पेलाइमा परेका नेता नेपाल र उपाध्यक्ष गौतमले साथ दिने संकेत नगरेपछि भोलीको सचिवालय बैठकमा प्रधानमन्त्रीको राजिनामा माग्ने तयारीमा प्रचण्ड–नेपालपक्ष लागेका छन ।

प्रचण्डले गत बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता नलिएसम्म बैठक बस्न नसकिने ओलीपक्षले जानकारी दिएको छ । दुई अध्यक्षको दुई प्रतिवेदन पेश भएपछि नेकपामा भाँडभैलो देखिएको छ । पार्टी महासचिव विष्णु पौडेलले मंगलबार ओलीको सन्देश बोकेर खुमलटार पुगेका छन । प्रधानमन्त्रीले बैठक रोक्ने आग्रह सहित पौडेललाई दुतको रुपमा पठाएका छन ।

प्रचण्डपक्षले बैठक नरोके पार्टी एकता धरापमा पर्ने ओलीपक्षले चेतावनी दिएको छ । पौडेलले पनि बैठक रोक्न प्रचण्डलाई आग्रह गरेका छन । गत शुक्रबारको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्षलाई केही आरोपसहित पत्र पेश गरेका थिए । त्यसको प्रतिउत्तरमा जवाफी पत्र कार्यकारी अध्यक्ष प्रचण्डले पेस गरेपछि पार्टीमा विवाद बढ्दै गएको हो ।


प्रतिक्रिया दिनुहोस्