प्रचण्ड–नेपाल पक्षले बैठक नसार्ने अडानपछि बालुवाटारमा यी नेताले ओलीलाई के सल्लाह देलान ? « Arthapath.com
२ मंसिर २०७७, मंगलवार

प्रचण्ड–नेपाल पक्षले बैठक नसार्ने अडानपछि बालुवाटारमा यी नेताले ओलीलाई के सल्लाह देलान ?



काठमाडौं । मंगलबार दिउसो नेकपाको बैठक सार्ने प्रश्ताव लिएर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका पार्टी महासचिवलाई प्रचण्डपक्षले बैठक कुनै हालतमा नसार्ने संकेत दिएको छ ।

प्रचण्ड–नेपालपक्ष जसरी पनि बैठक गर्ने र ओलीपक्ष जसरी पनि रोक्ने परिस्थीति बनेपछि ओलीपक्ष के कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गर्न बालुवाटारमा भेला भएका छन । ओलीको बैठक सार्ने सन्देश बोकेर खुमलटार पुगेका महासचिव विष्णु पौडेललाई सबै कुरा बैठकमै छलफल हुने बताएपछि ओलीपक्षले आफ्नो रणनिती बनाउन छलफल चलाएको छ ।

ओलीले बोलाएको छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, पार्टी संसदिय दलका उपनेता सुवाश नेम्वाङ, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतका नेता जम्मा भएका छन ।

बैठक बस्ने र नबस्ने दुबै पक्ष आ–आफ्नो रणनिती बनाउन भेला र छलफल अघि बढाएका छन । गत शुक्रबार दुई अध्यक्षको दुई प्रश्ताव र आरोप प्रत्यरोपमा उत्रेपछि नेकपाको राजनिती थप संसय बन्दै गएको छ । बालुवाटारमा भेला भएका नेताहरुले प्रधानमन्त्री ओलीलाई बैठकमा गएर मुकाविला गर्ने वा बैठकमा सहभागी नहुने वा पार्टी फुटेको घोषणा गर्ने संभावना रहेको छ ।


प्रतिक्रिया दिनुहोस्