नेकपा बैठककै समयमा किन राखे प्रधानमन्त्रीले मन्त्रीपरिषद बैठक ? दल विभाजन वा संसद विघटन हुनसक्ने ! « Arthapath.com
३ मंसिर २०७७, बुधबार

नेकपा बैठककै समयमा किन राखे प्रधानमन्त्रीले मन्त्रीपरिषद बैठक ? दल विभाजन वा संसद विघटन हुनसक्ने !



काठमाडौं । गत शुक्रबारनै बुधबारको लागी नेकपाको सचिवालय बैठक तोकिए हो । मंगलबार दिनभरी राजनितीक दौडधुपपछि नेकपाका दुई अध्यक्ष भिड्ने मुडमा देखिएका छन ।

मंगलबार राष्ट्रपती विद्यादेवी भण्डारीलाई भेटेर संसद विघटन वा पार्टी फुटाउने अध्यादेश जारी नगर्न कार्यकारी अध्यक्ष प्रचण्डले आग्रह गरेका थिए । मंगलबार साँझनै चिनियाँ राजदुत हाउ यान्छी प्रधानमन्त्रीलाई भेटेकी थिइन । राजदुत यान्छीसंग डेढ घण्टा छलफल गरेर प्रधानमन्त्री ओली रातीनै राष्ट्रपती निवास पुगेका थिए ।

प्रधानमन्त्री अल्पमतमा परेपछि बैठक सार्ने प्रयासमा छन भने अर्का अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्ष जे छलफल हुन्छ पार्टी बैठकमै हुन्छ भन्दै कुनै हालतमा बैठक नरोक्ने अडानमा छन ।

पार्टीमा विवाद चर्कदै गएपछि प्रधानमन्त्री ओलीले मन्त्री परिषद बैठक राखेका छन । सो बैठकप्रति दुई थरी आसंका गरिएको छ । पहिलो पार्टी विभाजन वा संसद विघटनको अध्यादेश ल्याउने आकलन गरिएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतीले संसद विघटन गर्न स्वीकृती प्रदान गर्नेछिन ।

दोस्रो पार्टी फुटाउने अध्यादेश ल्याउन सक्नेछन । ओलीले यसअघि भन्दै आएको प्रचण्डसंग संगै हिँड्न नसकिने भन्नुको तातपर्य अव नेकपा दुई टुक्रा हुने संकेतको रुपमा पनि लिइएको छ । प्रचण्ड माधवपक्ष सहमतीमा नआए प्रधानमन्त्रीले सोही समयमा बैठक राखेर यी दुई मध्ये एक अध्यादेश ल्याउन लागेका हुन ।

अर्को ओलीले आफ्नो काम देखाउन र दुई सचिवालय सदस्यसमेत मन्त्रीपरिषदमा रहेकाले ४ जनाको अनउपस्थितीमा पार्टी सचिवालय बैठक रोकिने हिसावले पनि मन्त्रीपरिषद सोही समयमा राखेको हुनुसक्छ । विगतमा ओलीलाई साथ दिँदै आएका सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा बादलसमेत प्रचण्डपक्षमा लाग्ने देखिएपछि वादललाई रोक्न पनि मन्त्रीपरिषद बोलाइएको हुनसक्छ । अहिले मन्त्रीपरिषदमा सचिवालय सदस्य ईश्वर पोखरेल, वादल, महासचिव विष्णु पौडेल र ओली आफै पार्टी बैठकमा अनउपस्थिती गराउने ओलीको अस्त्र हो ।


प्रतिक्रिया दिनुहोस्