नेप्से २३.३२ अंकले बढेर पौने ५ करोड रुपैयाँको कारोबार « Arthapath.com
३ मंसिर २०७७, बुधबार

नेप्से २३.३२ अंकले बढेर पौने ५ करोड रुपैयाँको कारोबार



काठमाडौं । बुधबार नेप्से २३.३२ अंकले बढेर १,७४१.८१ को विन्दुमा कायम भएको छ । बुधबार १९४ कम्पनीको १ करोड १६ लाख ७४ हजार ८ सय ७५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

बुधबार सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ३३ करोड ६२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, नेपाल टेलिकमको ३० करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यसैगरी, आज ६ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । गोर्खाज फाइनान्स लिमिटेड, हिमालयन डिष्टिलरी लिमिटेड, विशाल बजार कम्पनी लिमिटेड, बोटलर्स नेपाल (तराई) लिमिटेड, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड र शिवम् सिमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

घलेम्दी हाईड्रोपावरका लगानीकर्ताले ५.८० प्रतिशतका दरले गुमाएका छन् भने युनाईटेड मोदी हाईड्रोपावरका लगानीकर्ताले ५.७५ प्रतिशतका दरले गुमाएका छन् । बैंकिङ्, विकास बैंक र हाईड्रोपावर बाहेक अरु सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।


प्रतिक्रिया दिनुहोस्