हाइड्रोको आइपीओमा लगानीकर्ताको आकर्षण, युनाईटेड इदी मर्दीको पहिलो दिनमै ११ लाख कित्ताका लागि आवेदन « Arthapath.com
४ मंसिर २०७७, बिहीबार

हाइड्रोको आइपीओमा लगानीकर्ताको आकर्षण, युनाईटेड इदी मर्दीको पहिलो दिनमै ११ लाख कित्ताका लागि आवेदन



काठमाडौं । हिजोदेखि आईपिओ जारी गरेको युनाईटेड इदी मर्दी हाईड्रोपावरको आईपिओमा पहिलो दिनमा नै ११ लाख ३८ हजार २६० कित्तामा आवेदन परेको छ ।

बुधबार अपरान्ह ४ः३० बजेसम्ममा कूल ५२ हजार ८८१ जना आवेदकले ११ करोड ३८ लाख २६ हजार रुपैयाँ बराबरको आवेदन परेको कम्पनीले जनाएको छ । बिक्री प्रबन्धक ग्लोबल आर्ईएमई क्यापिटलका अुनसार कूल ८ लाख ७३ हजार ९१० कित्तामा आवेदन माग गरिएकोमा पहिलो दिनमा माग भन्दा बढि अर्थात ११ लाख भन्दा बढि आवेदन परेको कम्पनीले जनाएको हो ।

कम्पनीले स्थानीयबासीलाई आरक्षणसहित दिएको शेयर पूरा बिक्री नभएपछि स्थानीयले नकिनेको २ लाख ४३ हजार ९१० कित्ता सेयरसमेत थप गरी कुल ८ लाख ७३ हजार ९१० कित्ता सेयर खुला गरेको हो । यसमध्ये ४३ हजार ६९६ कित्ता सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । यस्तै, कर्मचारीका लागि १७ हजार ४७८ कित्ता सेयर छुट्याइएको छ । मंसिर ७ गतेसम्म आइपीओमा आवेदन दिन सकिने छ ।


प्रतिक्रिया दिनुहोस्