तिहार सकिएलगत्तै सुनको मूल्य लगातार घट्दै, कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
४ मंसिर २०७७, बिहीबार

तिहार सकिएलगत्तै सुनको मूल्य लगातार घट्दै, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । नेपालीहरुको महान चाड दिपावली सकिएसंगै सुनको मूल्यमा गिरावट आएको छ । बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । बिहीबार छापावाल सुन तोलामा ७ सय रुपैयाँले घटेर ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, तेजावी सुन बिहीबार तोलामा ७ सयले नै घटेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १२ सय १५ रुपैयाँमा कारोबार भएको छ ।

बुधबार १ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९५ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै, बुधबार तेजावी सुन तोलामा १ सय रुपैयाँले घटेर ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बुधबार चाँदीको मूल्य १० रुपैयाँले बढेर तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्