सानिमा जनरल इन्स्योरेन्सले कमायो १ करोड ५६ लाख, ११० प्रतिसत नाफा बढ्यो « Arthapath.com
४ मंसिर २०७७, बिहीबार

सानिमा जनरल इन्स्योरेन्सले कमायो १ करोड ५६ लाख, ११० प्रतिसत नाफा बढ्यो



काठमाडौं । सर्वसाधारणलाई हालै सेयर निस्कासन गरेको सानिमा जनरल इन्स्योरेन्सले कोरोनाका विच झण्डै १ सय १० प्रतिसत नाफा बढाउन फिल भएको छ । कम्पनीमा बीमा बजारलाई राम्ररी बुझेका सुद्युम्नप्रसाद उपाध्यायाले नेतृत्व सम्हालेपछि कम्पनीले कोल्टे फेरेको छ ।

सानिमा जनरल इन्स्योरेन्सले यसै आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५६ लाख ६७ हजार खुद नाफा कमाएको छ । बीमा बजारमा सुस्त रहेको कम्पनीले एकैपटक नाफामा छलाङ मारेको छ । कम्पनीले गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १०९.९९ प्रतिशत नाफा बढाएको हो । कम्पनीले गत वर्षभन्दा ८२ लाख नाफा बढी गर्न सफल भएको छ ।

इन्स्योरेन्सले खुद बीमाशुल्क पनि १३ लाख ९ हजार बढाएर ३ करोड ६१ लाख रुपैयाँ पुर्याएको छ । कम्पनीले पुर्नबीमाको कमिसनबाट २ करोड १६ लाख र लगानी कर्जा तथा अन्यबाट २७ लाख ९६ हजार कमाएको छ । चुक्ता पूँजी एक अर्ब पुर्याएको कम्पनीको जगेडा कोषमा ५ करोड ६४ लाख, बीमा कोषमा ६ करोड ३९ लाख र महाविपत्ती कोषमा ६४ लाख ७६ हजार जगेडा राख्न सफल भएको छ ।

पहिलो त्रैमासमा इन्स्योरेन्सले १५ हजार ७८४ वटा बीमालेख जारी गरी १२ करोड २५ लाख कूल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ १२ पैसा कायम छ ।


प्रतिक्रिया दिनुहोस्